English

‘भोट माग्न मात्र हामीलाई चिन्छन्, जितेपछि फर्केर हेर्दैनन्’



सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको विमानस्थलनजिकै सडकमा काम गर्ने रमिता बुढालाई स्थानीय तह निर्वाचनका विषयमा कुनै जानकारी छैन । उनी बिहान ७ बजे सडकको काम गर्न बिहानै धुलाम्य सडकमा पुग्छिन् । बेलुकी अबेर सडकबाट कोठामा पुग्छिन् । उनीसँग न त कुनै सञ्चारका माध्यम छ, न समाचार सुनाइदिने कोही छन् ।

तीन छोरी र एक छोराकी आमा रमिता उज्यालो हुँदा काममा पुगिसक्छिन र अध्यारो भएपछि मात्रै कोठामा पुग्छिन् । काम गरिरहेको सडक हुँदै पार्टीका झण्डा राखेका यातायातका साधन गुडेको देखे पनि उनीहरूले उडाएको धुँवा धूलोबाहेक अन्य केही नदेखेको उनी बताउँछिन् ।

नेता पनि खास कार्यकर्ताहरूको घरमा बसेर योजना बनाएको र खासखुस गरेको मात्र देखिन्छ । तर, खास मतदातासम्म नेताहरू नपुगेको उनको भनाइ छ । कुन दलले के गरेको उनलाई थाहा छैन, थाहा छ त राजा फाल्दा आन्दोलनमा गएको मात्र ।

उनीजस्तै जाजरकोट भेरी नगरपालिका–२ की काली पुनको दैनिक गिटी कुट्दैमा बित्छ । उनलाई भोट खसाल्नेभन्दा पनि बिहान र बेलुकीको छाक कसरी टार्ने भन्ने ठूलो चिन्ता छ ।

छोराछोरी पढाउने र शारीरिकरूपमा अशक्त श्रीमान् दलबहादुर पुनलाई पेटभरि खाना, शरीर भरी कपडा कसरी पुर्याउने भन्ने चिन्ता छ । पाँच छोराछोरीकी आमा एक्लै कमाउने र घरधन्दा गर्नुपर्ने बाध्यता छ ।

‘सबै छोराछोरी १५ वर्षभन्दा कम उमेरका छन्,’ उनले भनिन् । भोट हाल्ने समयमा मात्र नेताहरू पुग्ने गरेको र भारी भरोसा दिने गरेको उनको भनाइ छ ।

गाडीमा नेताहरू सरर यता, सरर उता जान्छन् । हामी आफ्नै तौलभन्दा ठूलो ढुंगा बोक्न बाध्य छौं । हाम्रो पीडा कसले सुन्ने ?

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाइ भोट हालेको, भोट हाल्दा जुन आश्वासन दिएको भए पनि चुनाव जितेपछि कुनै पनि माग सुनुवाइ नभएको उनको पीडा छ । चुनावमा मात्र जनता चिन्ने तर त्यसपछि फर्केर नहेर्ने गरेको उनले आक्रोश व्यक्त गरिन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगरमा ढुंगा बोकेर जीविका चलाइरहेका पुर्ण सार्कीलाई जुन व्यवस्था आए पनि जनताको जीवनस्तर नबदलिएको भन्दै पीडा सही नसक्नु छ । उनी भन्छन्, ‘गाडीमा नेताहरू सरर यता, सरर उता जान्छन् । हामी आफ्नै तौलभन्दा ठूलो ढुंगा बोक्न बाध्य छौं । हाम्रो पीडा कसले सुन्ने ?’

आफूजस्तै गाउँका धेरै मानिस कमाइका लागि भारत गएको उनको भनाइ छ । दलका मान्छेहरू ठेक्का, उपभोक्ता समिति बनाउन खोजीखोजी आफ्ना मान्छे बनाउँछन् । ‘हामी जस्ता मजदुरलाई जे व्यवस्था आए पनि के नै भो र ?’ उनले भने ।

हामीहरूलाई दलको रंग दिँदा मनमा पीडा हुन्छ हामी कसैका पनि होइनौँ, हामीलाई रोजीरोटी चिन्ता छ, भोट त तपसिलका कुरा हुन्न ।

अहिले विपन्न तथा निम्न वर्गका सर्वसाधारणलाई चुनावभन्दा पनि जीवन कसरी पाल्ने भन्ने मुख्य कुरा भएको स्थानीयवासी बताउँछन् । ‘हामीहरूलाई दलको रंग दिँदा मनमा पीडा हुन्छ हामी कसैका पनि होइनौँ,’ स्थानीय सेते कुलालले भने, ‘हामीलाई रोजीरोटी चिन्ता छ, भोट त तपसिलका कुरा हुन्न ।’

कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मिडियाको पहुँच कम हुनुको साथै सञ्चारसम्पर्क समेत न्यून भएका कारण तोकिएकै समयमा सूचना पाउन मुस्किल छ ।

गरिबको नाममा मुठीभरीका व्यक्तिको रजाइ गर्दा आमनागरिक मर्कामा परेको छन् । स्थानीय तहको निर्वाचनमा समेत तिनै मुठीभरीका व्यक्ति परिचालित भएर सर्वसाधारणको आँखामा छारो हालिरहेको पीडितहरूको भनाइ छ ।

यो पनि…
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
स्थानीय तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested