दिल्लीले राजस्थानलाई हरायो



राजस्थान रोयल्सलाई ८ विकेटले हराउदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ ।

बुधबार राति राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका मिचेल मार्शले सर्वाधिक ८९ रन बनाए । डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो ।

राजस्थानका रविचन्द्र आश्विनले ५० रन बनाए । यस्तै देबदुत पडिकलले ४८ रनको योगदान गरे । जितसँगै दिल्ली १२ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ । राजस्थान १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ

पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्रो हार व्यहोरेको छ । बिहीबार

युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्टिय शृंखलाको तेस्रो खेलमा नेपालले युगान्डालाई १०० रनको

Suggested