English

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान (फोटोफिचर)



निर्माण सम्पन्न भई उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तराष्ट्रिय विमानले अवतरण र उडान गरेको छ । भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।

२ जेठमा (बुद्ध जयन्ती)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्न लागेकाले उनकै सुरक्षामा आवश्यक सामग्री लिएर आज विमान आएको हो । विमानमा करिब चार दर्जन स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी)का अधिकारी, चार वटा बुलेट प्रुफ गाडी, सुरक्षाका सामाग्री दिल्लीबाट सिँधै भैरहवा आएको हो । यो नै पहिलो अवतरण र उडान गर्ने अन्तराष्ट्रिय विमान भएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

यो चार्टड विमान कुटनीतिक उडान हो, मोदीले प्रयोग गर्ने गाडी र सामानसहित आएको विमान अढाई घण्टापछि फर्केको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी २ जेठदेखि व्यवसायिक उडान गरी उद्घाटन हुँदैछ । कुवेतको जजिरा एयरलायन्सले यहाँबाट व्यवसायिक उडान गर्न अनुमति पाइसकेको छ ।

यो पनि…
आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)
आहा ! बैजनी काठमाडौँ (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

Latest










Popular
Suggested