‘भारोत्तोलनलाई अपूरणीय क्षति’



सोमबार एकाबिहानै खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्यो । घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरीले सुतेको कोठामा आत्महत्या गरिन् ।

अघिल्लो रात खेलाडी साथी, संघका पदाधिकारी र प्रशिक्षक साथ रमाइलो गर्दै खानपिन गरेकी सन्जु सोमबार बिहानै कोठामा झुन्डिएको अवस्थामा भेटिइन् । जसले नेपाली खेलकुद यतिबेला तरंगित भएको छ । आखिर किन सञ्जुले गरिन्, आत्महत्या ।

उनले राति अबेर फेसबुकमा गरेको ‘मिसिङ यु लभ’ पोष्टले भने केही संकेत गरेको छ, जुन अनुसन्धानले पछि बताउने नै छ । सन्जुको घर नेपालगन्ज हो । लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदपछि सञ्जुले काठमाडौं बसेर आफ्नो जागिर र खेलकुदलाई अगाडि बढाएकी थिइन् । नेपाल पुलिस क्लबमा आवद्ध सन्जुले यसै वर्षमात्रै जागिरबाट टाढा रहने निर्णय गरेकी थिइन् ।

मैले छनोटपछि हिजो मात्रै भेटेको थिएँ । पौने ९ बजेसम्म सँगै थियौं । केही भएको थिएन । उसैले हामीलाई खाना खुवाएकी हो,’ नेपाल भारोत्तोलन संघको अध्यक्ष राम श्रेष्ठ (बोस)ले भने ।

पछिल्लो समय उनी तत्काललाई स्थगित भएको चीनमा आयोजना हुने १९औं एसियन गेम्सको तयारीमा थिइन् । प्रशिक्षक सञ्जय महर्जनको ललितपुरस्थित लुभुमा रहेको घरमा रहेर प्रशिक्षण गर्दै आएकी थिइन् । प्रशिक्षणसमेत राम्रो भइरहेको सन्जुले प्रतिक्रिया दिँदै आएकी थिइन् । तर, अघिल्लो रातसँगै खाना खाएकी सञ्जुको मृत्युको खबरले भारोत्तोलन संघ मात्रै हैन, पूरा खेलकुद क्षेत्र नै स्तब्ध छ ।

‘मैले छनोटपछि हिजो मात्रै भेटेको थिएँ । पौने ९ बजेसम्म सँगै थियौं । केही भएको थिएन । उसैले हामीलाई खाना खुवाएकी हो,’ नेपाल भारोत्तोलन संघको अध्यक्ष राम श्रेष्ठ (बोस)ले भने ।

श्रेष्ठले संघअन्तर्गत रहेका सन्जुका साथी, खेलाडी, प्रशिक्षक लगायतलाई समेत सोधेका छन् । सन्जु कोठामा झुन्डिएको खबर श्रेष्ठलाई बिहान पौने ६ बजे नै प्रशिक्षक महर्जनले जानकारी गराएका थिए । त्यसलगत्तै महर्जनको घरमा पुगी श्रेष्ठले पुलिसलाई खबर गरेका हुन् । सन्जु भारोत्तोलन महिलातर्फ स्वर्ण पदक जिताउने ऐतिहासिक खेलाडीसमेत हुन् । उनले १९ वर्षको उमेरमै स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित महिलातर्फ पहिलो स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।

पोखरामा भएको भारोत्तोलनमा सन्जुले ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पारेकी थिइन् । क्रिकेट र एथ्लेटिक्स हुँदै सन्जु भारोत्तोलनमा प्रवेश गरेकी हुन् । घरेलु प्रतियोगिताको रूपमा सातौं राष्ट्रिय खेलकुद–२०७३ खेलेकी सञ्जु गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा समेत थिइन् ।

सन्जुले अन्तर्राष्ट्रिय स्तरमा इन्डोनेसियाको राजधानी जाकर्तामा भएको १८औं एसियन गेम्स खेलेकी थिइन् । जहाँ केही राष्ट्रिय कीर्तिमानसमेत राखेकी थिइन् । यस्तै १३औं सागका साथै उज्वेकिस्तानमा भएको एसियन भारोत्तोलन च्याम्पियनसिपसमेत खेलेकी थिइन् ।

आगामी १९औं सागमा समेत भारोत्तोलन संघ र नेपाल सरकारले सन्जुबाट ठूलो आशा गरेको थियो । १९ वर्षमा सागको स्वर्ण पदक जितेर इतिहास कायम गरेकी सञ्जुको मृत्युले देशलाई अपूरणीय क्षति पुगेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘हामीलाई अपूरणीय क्षति भएको छ । सन्जु भारोत्तोलनमा हाम्रो खम्बा हो । राम्रो खेलाडी हो । हामीले धरै अपेक्षा गरेका थियौैं । इतिहास पनि ऊ (सञ्जु)सँग थियो,’ उनले भने, ‘१९ वर्षमा स्वर्ण पदक जित्नु यो जत्तिको ठूलो उपलब्धि हुनै सक्दैन । राष्ट्रको लगानी, संघको लगानी र स्वयं खेलाडीको पनि मेहनत थियो । ऊ (सञ्जु) सँग सरकार भनौं या राखेप सबैले धेरै आशा गरेको थियो ।’

याे पनि‍‍‍…
स्वर्ण पदक विजेता भारात्तोलन खेलाडी सन्जु मृत फेला
एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन