English

श्रीलंका संकटः रोकिएन प्रदर्शन



श्रीलंकाका निवर्तमानप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् ।

राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भैरहेको जनाइएको छ ।

आर्थिक संकटलाई लिएर भएको विरोध प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यू लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ । राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि जनआक्रोश बढेको छ ।

यो पनि…
शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित छ
न् युक्रेनी
युद्ध अन्त्यको विषयमा रूसी राष्ट्रपति पुटिन के भन्छन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो