English

निफमा तीन नेपाली चलचित्रले प्रतिस्पर्धा गर्ने



नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यो वर्ष तीन वटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

महोत्सवका लागि नेपाली चलचित्र लाटोकोसेरो, सरिता ११ वर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको निफको यो चौथो संस्करणको महोत्सवको लागि ५२ देशबाट ४५० चलचित्र प्राप्त भएको थियो ।

आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्र मध्येबाट ३१ देशका ६६ चलचित्र प्रतिस्पर्धाका छनोट गरिएको छ । कार्यक्रम आगामी २०७८ वैशाख २३–२७ मा काठमाडौंमा हुनेछ ।

छनोट भएका चलचित्र मध्येबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा उत्कृष्ट चलचित्रको लागि एक लाख नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछ । यिनै चलचित्रबाट उत्कृष्ट निर्देशक, लेखक, छाँयाकार, अभिनेता, अभिनेत्री ट्रफी पनि पाउने छन् । उत्कृष्ट सर्ट फिल्मले पनि ५० हजार प्राप्त गर्नेछ ।

यसैगरी सर्वोकृष्ट वृत्तचित्रलाई १ हजार डलर तथा माउन्ट एभरेष्ट अवार्ड, सर्वोकृष्ट एनिमेटेड फिल्मलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोकृष्ट लघुचलचित्रलाई ५ सय डलर तथा वागमती अवार्ड प्रदान गरिने प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ ।

विश्वको कथाहरूको उत्सव भन्ने नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्धेश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराई अवार्ड वितरण गरिने निर्णय पनि गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत