English

बढ्यो सुनको मूल्य



लगातार घटेको सुन–चाँदीको मूल्य आज भने बढेको छ। बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १३ सय पाँच रूपैयाँ पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यस आज सुन प्रतितोला १४ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार रूपैयाँ र चाँदी प्रतितोला १३ सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्यमा दैनिक गिरावट देखिएको थियो। आज भने सुन–चाँदीको मूल्य बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६५ अमेरिकी डलरमा कारोबार भएको थियो।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित