English

कोलकाताले राजस्थानलाई हरायो



राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ ।

सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ४८ रन बनाए । यस्तै रिन्कु सिंहले ४२ रनको योगदान गरे ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे ।

जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested