नयाँ वर्षमा नायिका गरिमा र ऋचाको सरप्राइज



२०७७ सालको अन्तिमतिर नायिका प्रियंका कार्कीले आफू आमा बन्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएकी थिइन् । कार्कीले बेबीबम्पको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आमा बन्न लागेको कुरा शेयर गरेकी थिइन् ।

यसैबीच नेपाली फिल्म क्षेत्रबाट धेरै समयदेखि टाढा रहेकी नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत् दिएकी छन् ।

यूराेपमा लामो समयदेखि बस्दै आएकी गरिमाले गर्भावस्थाको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर आमा बन्न लागेको जानकारी दिएकी हुन् । तस्विरमा उनी आफ्नो श्रीमान सँगै देखिएकी छिन् । ‘सृष्टिबाट सृष्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ स्ट्याटससहित उनले इन्स्ट्राग्राममा गर्भावस्थाको तस्विर सार्वजनिक गरेकी हुन् ।

No description available.

गरिमा पन्तको विवाह एनआरएन हरि शर्मा थपलियासँग २०७३ बैशाखमा भएको थियो । विवाहपछि उनीहरू बेल्जियममा बस्दै आएका छन् ।

त्यस्तै अर्की नायिका ऋचा शर्माले पनि नयाँ वर्षको दिन आफ्ना फ्यानलाई आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् ।

सामाजिक सञ्जालको स्ट्याटसमा भनिएको छ, ‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कनभन्दा कोही अरुको धड़कन मभित्र प्यारो आभास भइरहेको छ । आज तपाईंहरू माझ यो खुशी बाँड्न पाउँदा सम्पूर्ण महशुस भइरहेको छ ।’

No description available.

श्रीमानसँग विरुवामा पानी हाल्दै गरेको तस्विरसंगै स्ट्याटसमा अगाडि भनिएको छ, ‘एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो । त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौं । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’

नायिका ऋचा शर्मा र व्यवसायी दिपेक्ष विक्रम राणाको विवाह २०७६ मंसिर २१ गते भएको थियो ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

‘जीवनको पाना पुरानो अब भएर गएछ’ यो गीति अंश ‘जीवनको पाना’को हो । उक्त गीतको फिमेल भर्सनको भिडियो हिजो(शनिबार) सार्वजनिक

आफ्नो मनपर्ने कलाकारको जीवनका बारेमा जान्न जोकोही फ्यान उत्सुक हुन्छन् । फ्यानहरुलाई कलाकारहरूले कुन खानेकुराको सौखिन छन् भन्ने कुरामा झन

‘आयू द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।ऐश्वर्य नहुषे गतिश्च पवने, मानञ्च दर्योधने ।दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुतेविज्ञानं विदुरे भवन्तु

तीन वर्ष अघि प्रशारण आएको नेपाली चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ बन्ने भएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार

Suggested