English

बुधबार नेप्से ५.१७ अंकले बढ्यो



सेयर बजार सूचक नेप्से बुधबार ५.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २३७६.१७ विन्दुमा आइपुगेको छ । करिब १ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन २२८ कम्पनीको २८ लाख ८५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूहमा हरियाली देखिएको छ । ५ करोड २१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र नेपाल फाइनान्स परेका छन् ।

सेयर कारोबार रकम (टर्नओभर) निकै ड्राई हुँदै गएको छ । साथै, लामो समयदेखि करेक्सनमा रहेको बजारमा सेयर भाउहरु समेत निकै सस्तो भइसकेको छ । विगत ९ महिनायता बजार लगातारजसो घट्दा बजारमा सेयर भाउ न्यून विन्दुमा आएको छ ।

अधिकांश कम्पनीहरुको मूल्य ५२ हप्ताको औसत मूल्य भन्दा पनि तल झरिसकेको अवस्था छ । ब्लुचीप कम्पनीहरुको भाउमा पनि ५०–७० प्रतिशतसम्म घटेको देखिन्छ । कम्पनीहरूले दिएका बोनस सेयरलाई समायोजन गरेर हेर्दा पनि भाउ थप सस्तो भएको पाइन्छ ।

यो पनि…
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested