English

बुधबार नेप्से ५.१७ अंकले बढ्यो



सेयर बजार सूचक नेप्से बुधबार ५.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २३७६.१७ विन्दुमा आइपुगेको छ । करिब १ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन २२८ कम्पनीको २८ लाख ८५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूहमा हरियाली देखिएको छ । ५ करोड २१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र नेपाल फाइनान्स परेका छन् ।

सेयर कारोबार रकम (टर्नओभर) निकै ड्राई हुँदै गएको छ । साथै, लामो समयदेखि करेक्सनमा रहेको बजारमा सेयर भाउहरु समेत निकै सस्तो भइसकेको छ । विगत ९ महिनायता बजार लगातारजसो घट्दा बजारमा सेयर भाउ न्यून विन्दुमा आएको छ ।

अधिकांश कम्पनीहरुको मूल्य ५२ हप्ताको औसत मूल्य भन्दा पनि तल झरिसकेको अवस्था छ । ब्लुचीप कम्पनीहरुको भाउमा पनि ५०–७० प्रतिशतसम्म घटेको देखिन्छ । कम्पनीहरूले दिएका बोनस सेयरलाई समायोजन गरेर हेर्दा पनि भाउ थप सस्तो भएको पाइन्छ ।

यो पनि…
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested