English

नेप्से निरन्तर घट्दा कारोबार रकम १ अर्बमा सीमित



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १५.०२ अंक घटेर २३७०.९९ बिन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स १.७४ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अंक घटेको छ।

नेप्से ओरालो लागेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन नेप्सेमा २२८ स्टकको २५ हजार ७ सय ६६ पटकको कारोबारमा १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको ३४ लाख १९ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।

नेप्से ओरालो लागे पनि यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

नेप्से ओरालो लागे पनि यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन किसान लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ। यता हिमालयन पावर पार्टनरको सेयरमूल्य यस दिन सर्वाधिक ५.४१ प्रतिशत घटेको छ भने मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, युनाइटेड इदी मार्दीको सेयरमूलय यस दिन ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर कम्पनीको ४ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

मंगलबार १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ वटाको घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको ०.२९ प्रतिशत बढेको छ।

यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको ०.२९ प्रतिशत बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ।

त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक १.३९ प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको १.०१ प्रतिशत घटेको छ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested