English

३५ अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो



साताको दोस्रो कारोबार दिन नेप्से र कारोबार रकम दुवै घटेको छ। अघिल्लो कारोबार दिन करिब १०० अंक बढेको नेप्से, यस दिन भने ३५ अंक घटेको छ।

सोमबार नेप्से परिसूचक ३४.९५ अंक घटेर २३८६.०१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको कारोबार भएको बजारमा यस दिन २३९ स्टकको ४६ हजार ४०१ पटकको कारोबारमा २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको ५० लाख ४७ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ।

सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फन्ड उपसमूहको परिसूचक क्रमशः ०.१३ प्रतिशत र म्युचुअल फन्ड उपसमूहको ०.८२ प्रतिशत बढेको छ।

यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

यस दिन जाल्पा लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन ७८ रुपैयाँ बढेर ८५८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन जाल्पा लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन ७८ रुपैयाँ बढेर ८५८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको सेन्ट्रल फाइनान्सको सेयरमूल्य ५.३३ प्रतिशत घटेको छ। त्यस्तै, रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ्ग पावर, हिमालयन उर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि

चुनावसँगै तात्तियो सेयर बजार
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested