English

वीवाईसी महिला गोल्डकपको उपाधि पुलिसलाई



विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ महिला फुटबल क्लबको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाईसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार राति धनगढीमा सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । निर्धारित ९० मिनेट पछि थपिएको पाँच मिनेट अन्तिम समयमा निर्मलाले सिक्स यार्ड बक्सबाट सहज गोल गरेकी थिइन् ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपीएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

वैशाख १० गतेदेखि शुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो ।

राष्ट्रिय महिला लिगको पहिलो चरणपछि धनगढीमा महिला गोल्डकप आयोजना भएको हो ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested