English

भारतले बनायो अन्तरिक्ष ईंटा



भारतको बैंगलोरस्थित भारतीय विज्ञान संस्था तथा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरुले अन्तरिक्ष ईंटा तयार गरेका छन् ।

अन्तरिक्ष ईंटा बनाउनका लागि उनीहरुले मंगल ग्रहमा जस्तै माटो अर्थात् प्रतिकृति माटो र युरियाको प्रयोग गरेका छन् ।

अन्तरिक्ष ईंटाको उपयोग मंगल ग्रहमा भवन जस्ता संरचनाहरुको निर्माणका लागि गर्न सकिनेछ जसले मंगल ग्रहमा मानव बसोबासको सुविधा प्रदान गर्न सक्दछ ।

उल्लेखित अन्तरिक्ष ईंटा बनाउनको विधि प्लस वान पत्रिकामा प्रकाशित एक अध्ययनमा समावेश गरिएको छ । जसमा सबैभनदा पहिले मंगल ग्रहको माटोलाई ग्वार गम, स्पोरोसारसिना पेस्टुरी नामक ब्याक्टेरिया, युरिया, तथा निकेल क्लोराइडसँग मिलाएर एक घोल बनाइन्छ ।

उक्त घोललाई कुनै पनि आकारको साँचामो हाल्न सकिन्छ र केही दिनमा ब्याक्टेरियाले युरियालाई क्याल्सियम कार्बोनेटमा परिवर्तन गरिदिन्छ । उक्त क्रिस्टलले ब्याक्टेरियाले उत्सर्जन गरको बायो पोलिमरसँगै माटोको कणलाई बाँधेर राख्दछन् ।

यो विधिको फाइदा भनेको यसरी तयार गरिएका ईंटामा छिद्रता कम हुन्छ अनि पानी र माटोको सही मात्रा हुन्छ । अन्य विधिबाट यस्तो मजबुत ईंटा तयार गर्नु असम्भव हुन्छ । मंगल ग्रहको माटोलाई ईंटामा परिणत गर्न यसको आवश्यकता छ । वैज्ञानिकका अनुसार ब्याक्टेरियाले आफ्नो प्रोटिनको उपयोग गरी माटोका कणहरुलाई एक आपसमा बाँध्दछ, छिद्रपनालाई क मगर्दछ र मजबुत ईंटाको निर्माण गर्नमा सहयोग गर्दछ ।

शोधकर्ताहरुले यहीँ विधिको प्रयोग गरी चन्द्रमाको माटोबाट पनि ईंटा बनाउने काम गरेका थिए । यद्यपि, त्यसबेला केवल बेलनाकार ईंटाको निर्माण गरिएको थियो । अहिलेको स्लरी कास्टिङ विधिबाट भने जटिल आकारका ईंटाको उत्पादन पनि सम्भव हुन्छ । भारतीय विज्ञान संस्थानका प्राध्यापक कौशिक विश्वनाथनले उक्त विधिको विकास गरेका हुन्।

उनका अनुसार मंगल ग्रहको माटोलाई यस विधिमा प्रयोग गर्नु निकै चुनौतीपूर्ण कार्य हो, किनकी मंगलको माटोमा अत्यधिक मात्रामा फलाम तत्व पाइन्छ, जुन जिवहरुको लागि विषाक्त हुन्छ । मंगल ग्रहको अत्यधिक फलामयुक्त विषाक्त माटोमा ब्याक्टेरिया बाँच्न नसक्ने हुनाले त्यसलाई ब्याक्टेरियाका लागि अनुकुल बनाउन त्यसमा निकेल क्लोराइड हालिएको हो ।

सोधकर्ताहरुले अब मंगल ग्रहको वायुमण्डल तथा कम गुरुत्वाकर्षणले अन्तरिक्ष ईंटामा पार्ने प्रभावको जाँच गर्ने योजना बनाएका छन् । मंगल ग्रहको वायुमण्डल पृथ्वीको वायुमण्डलको तुलनामा १ सय गुणा पातलो छ । त्यसमा ९५ प्रतिशत भन्दा धेरै कार्वनडाइअक्साइड हुन्छ जसले ब्याक्टेरियाको विकासलाई असर गर्न सक्दछ ।

शोधकर्ताहरुले मार्शियन एटमस्फियर सिमुलेटर नामक एक उपकरण निर्माण गरेका छन् जसमा एक क्याबिन हुन्छ र त्यसले मंगल ग्रहमा पाइनेजस्तो वायुमण्डलीय स्थितिको सिर्जना गर्दछ ।

यो पनि
ब्रह्माण्डसम्बन्धी रोचक तथ्य
पृथ्वीजस्ता ग्रह २०० वटा फेला परेको नासाको दाबी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested