English

नौ महिनामा भित्रियो ४ हजार केजी सुन

२८ अर्ब ५४ करोड ९० लाखको सुन आयात


नेपाल राष्ट्र बैंकले विलासिता वस्तु आयातमा रोक लगाएको छ । जसमा सुन पनि रहेको छ । १५ दिन दिनदेखि सुन आयातमा रोक लगाए पनि चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो ।

उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो एक वर्षमा नेपालले आयात गरेको भन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको छ ।

अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३ हजार ९ सय २४ केजी सुन नेपाल भित्रिएको थियो ।

नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट आउने गरेको पाइएको छ ।

माणिक रत्न शाक्य
अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

सरकारी नीतिअनुसार २० किलो सुन आयात गर्न मिल्नेछ । पछिल्लो समय विश्व बजार महँगो भएकाले १० केजी दैनिक सुन आयात गरिएको थियो, तर १५ दिन यता आयात नै बन्द भएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्र यूएईबाट २२ अर्ब ६ करोड २१ लाख ६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । सोही अवधिमा टर्कीबाट ५ अर्ब २८ करोड १८ लाख ४६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

सुनको माग बढे पनि आयात कम

कोरोना महामारीका समयमा व्यापार–व्यवसाय ठप्प नै रह्यो । यही असर–साउनबाट बजार चलायमान भयो । करिब दुई वर्षदेखि ठप्प रहेको बजार खुल्दा सुनको माग बढ्यो र सोहीअनुसार आयात भने गर्न नसकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य बताउँछन् ।

आयात गरिएको सुन आन्तरिक बजारमा नै खपत हुने बताउँदै उनले भने, ‘सरकारी नीतिअनुसार २० किलो सुन आयात गर्न मिल्नेछ । पछिल्लो समय विश्व बजार महँगो भएकाले १० केजी दैनिक सुन आयात गरिएको थियो, तर १५ दिन यता आयात नै बन्द भएको छ ।’

आयात थप्प गर्दा अवैधरूपमा सुन भित्रिन सक्छ, तस्करी बढ्छ । त्यसैले, समस्या परेको आयात घटाउनुपर्छ तर बन्द गर्दा समस्या पर्छ ।

यसरी आयात बन्द हुँदा अवैधरूपमा सुनको तस्करी हुन सक्छ । आयात नगरिए पनि वैल्पिक उपाय खोज्नुपर्ने हुन्छ ।

सुनको अभाव हुँदै गएको बताउँदै अध्यक्ष शाक्य भन्छन्, ‘आयात थप्प गर्दा अवैधरूपमा सुन भित्रिन सक्छ, तस्करी बढ्छ । त्यसैले, समस्या परेको आयात घटाउनुपर्छ तर बन्द गर्दा समस्या पर्छ ।’

उनले अगाडि थप्दै भने, ‘सरकारले वैकल्पिक उपाय खोज्न र केही मात्रमा आयात गर्न दिनुपर्छ, जसमा लागि हामी छलफलका क्रममा छौँ ।’

अहिले लगनकाे सिजन भए पनि आयात थप्प भएकाले बजारमा सुन आभाव छ,’ उनले सुनको विकल्प बताउँदै भने, ‘प्रतिव्यक्ति ५० ग्राम सुन आयात गर्न मिल्नेछ, यसलाई सहज तरिकाले आयात गर्न दिनुपर्ने र लोकल सेललाई मान्यता दिनुपर्छ ।

तेजरत्न शाक्य
पूर्वअध्यक्ष एवं मूल्य निर्धारण समिति संयोजक, नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुन महँगो भएकाले रुपैयाँ बढी देखिए पनि सुन खपत अन्य वर्षजतिकै रहेको महासंघका पूर्वअध्यक्ष एवं महासंघ अन्तर्गतका मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्य बताउँछन् । ‘कोरोनाकालमा सुनको कारोबार हुन सकेन त्यस कारण गत वर्ष सुनको आयात कम भयो, यो वर्ष सुनको कारोबार भइरहेको छ,’ उनले भने, ‘विश्व बजारमा महँगी भएकाले सुनबाट रुपैयाँ धेरै बाहिरिएको छ देखिएको हो, खपत भने त्यति नै छ ।’

वर्षमा १२ हजार केजी सुन नेपालमा खपत हुन्छ । तर, हालको समयमा वार्षिक ७ हजार ५ सय केजी सुन आयात भएको छ, अफ सिजनमा यति मात्रामा सुन आयात गर्दा पुग्छ तर वैशाखमा खपत बढ्छ र अपुग हुन सक्छ । केही दिन याता आयात बन्द गरिएकाले बजार ५० प्रतिशतले संकुचित भएको उनी बताउँछन् ।

नेपालमा दैनिक २० केजी सुन आयात हुने सरकारी नीति छ । तर, हाल आर्थिक तरलता बढेकाले दैनिक आयात नै बन्द गरेको छ । बजारमा सुनचाँदी अभाव भएको उनले बताउँदै भने, ‘अहिले लगनकाे सिजन भए पनि आयात थप्प भएकाले बजारमा सुन आभाव छ,’ उनले सुनको विकल्प बताउँदै भने, ‘प्रतिव्यक्ति ५० ग्राम सुन आयात गर्न मिल्नेछ, यसलाई सहज तरिकाले आयात गर्न दिनुपर्ने र लोकल सेललाई मान्यता दिनुपर्छ ।’

नेपालमा भूकम्पअघि दैनिक ३५ देखि ४० केजी सुन खपत हुन्थ्यो, सोही मात्रामा माग बढ्यो भने सुनको हाहाकार हुन्छ, सरकारले अबका दिनमा सुन आयात नीति परिमार्जन गरी आयात बढाउनुपर्छ, नबढाए सुनको चोरी तस्करी जस्ता अनैतिक क्रियाकलाप बढ्छ ।

२०७२ सालको भूकम्पपछि सुनको कारोबारमा उतारचढाव भएको छ । दिनदिनै विश्व बजार महँगो भइरहेकाले सुन कारोबारमा प्रभाव देखिएको छ । ‘नेपालमा भूकम्पअघि दैनिक ३५ देखि ४० केजी सुन खपत हुन्थ्यो, सोही मात्रामा माग बढ्यो भने सुनको हाहाकार हुन्छ,’ उनले भने, ‘सरकारले अबका दिनमा सुन आयात नीति परिमार्जन गरी आयात बढाउनुपर्छ, नबढाए सुनको चोरी तस्करी जस्ता अनैतिक क्रियाकलाप बढ्छ ।’

सुन होस् वा खाद्य वस्तु दिनप्रतिदिन आयात बढ्दो छ । सरकारले विलासिता वस्तुको आयात केही समयको लागि बन्द गरेको छ । तर, विकल्पबिना आयात बन्द गर्नु समस्या निम्त्याउनु जानकारहरूको बुझाइ छ । आयात रोकिएको वस्तुको वैकल्पिक उपाय खोज्नमा ध्यान दिन आवश्यक छ ।

यो पनि…
नौ महिनामा भारतबाट दुई खर्बको पेट्रोलियम पदार्थ आयात
नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्बभन्दा बढी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested