English

असन्तुष्टिबीच यस्तो भयो पाँच दलीय गठबन्धनबीच सहमति (पूर्णपाठसहित)



सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति छ ।

सहमतिअनुसार कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ । माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।

सहमतिको पूर्णपाठ :

आज मिति २०७९/०१/०७ गते पाँच दलीय गठवन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बस्यो ।

बैठकले २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरूको प्रमुख र उप–प्रमुख पदमा तपसिल बमोजिमका दलहरूले तपसिल बमोमिको पदमा उम्मेदवार दिने सहमति गर्यो । सहमति बमोजिम गर्न गराउन आ–आफ्ना राजनीति दलका निकायहरूलाइ निर्देश गरिन्छ ।

तपसिल

नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू

१. काठमाडौं २. ललितपुर ३. विराटनगर

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू

१. वीरगञ्ज २. भरतपुर ३. पोखरा

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. धरान २. इटहरि ३. कलैया ४. बुटवल ५. तुलसीपुर ६. नेपालगञ्ज ७. धनगढी

उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. जितपुर सिमरा २. घोराही ३. हेटौडा

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. भरतपुर

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. ललितपुर

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. जितपुर सिमरा २. घोराही

उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. धरान २. धनगढी

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. पोखरा

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. काठमाडौं

प्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिका

१. हेटौडा

उपप्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिकाहरू

१. इटहरी २. बुटवल ३. तुलसिपुर

जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. वीरगञ्ज

उपप्रमुख पदमामा उम्मेदवारी दिने महानगरपालिका

१. विराटनगर

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. जनकपुर

उपप्रमुख पदमामा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. कलैया २. नेपालगञ्ज

पाँच दलीय गठवन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्वन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट भाडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देश गरिन्छ ।

साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठवन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझादारी भयो ।

नेपालगञ्जको मेयर नपाएपछि जसपामा असन्तुष्टि

पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्तामा असन्तुष्टि पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।

बिहीबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् ।

हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं, जसले पार्टीको तर्फबाट निर्णय गर्नु भएको छ उहाँहरू आफ्नो तरिकाले अघि बढ्नु हुन्छ होला ।

बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरे आफूहरू अर्कै चुनाव चिह्न लिएर चुनावमा भाग लिने बताए ।

‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ राईले भने, ‘जसले पार्टीको तर्फबाट निर्णय गर्नु भएको छ उहाँहरू आफ्नो तरिकाले अघि बढ्नु हुन्छ होला । हाम्रो जिल्लाका नेता कार्यकर्ता मान्दैनन् । हामी मान्दैनौं ।’ उनले भने ।

वीरगञ्ज जसपालाई दिएपछि कांग्रेसको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दिने

सत्तारुढ गठबन्धनमा वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णयसँगै नेपाली काँग्रेसका वीरगञ्ज महानगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।

२०७४ को निर्वाचनमा करिब २ हजार मतान्तरले नगरप्रमुखमा पछि परेको काँग्रेस यसपटक मुख्य दाबेदार मानिएको थियो । नेपाली काँग्रेसका वीरगञ्ज महानगर प्रमुखका दाबेदार कञ्चन झा अन्तिम समयसम्म वीरगञ्ज महानगर प्रमुखमा काँग्रेसको दाबी रहने बताउँछन् ।

यो गठबन्धनले वीरगञ्जमा काँग्रेसलाई ठुलो धक्का लागेको छ, हामीले आफ्ना मतदातालाई जसपालाई भोट देऊ भनेर कसरी भन्ने ?

‘केन्द्रले स्थानीय तहको भू–सतह नबुझेर गठबन्धन गरेजस्तो लागिरहेको छ, पार्टीको खुलेर विरोध गर्न नसके पनि केन्द्रसँग हाम्रो अन्तरविरोध भइरहेको छ,’ उनले भने । एक लाख २४ हजार ६७४ मतदाता रहेको वीरगञ्ज महानगरमा ३२ वडा छन् । २०७४ को निर्वाचनमा उपप्रमुखसहित १० वटा वडा जितेको काँग्रेसले यसपटक नगरप्रमुख जसपालाई छोड्नुपरे उपप्रमुखसहित कम्तीमा २५ वटा वडा पाउनुपर्ने माग गर्दै आएको थियो ।

‘यो गठबन्धनले वीरगञ्जमा काँग्रेसलाई ठुलो धक्का लागेको छ, हामीले आफ्ना मतदातालाई जसपालाई भोट देऊ भनेर कसरी भन्ने ?’ तराई मधेस समन्वय विभागका सदस्यसमेत रहेका झाले भने ।

जनकपुरमा पनि कांग्रेसको आपतकालीन बैठक

सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा) को भागमा परेपछि धनुषा काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।

यहीबीच गठबन्धनको निर्णय आएपछि धनुषा काँग्रेसको बैठक बसेको छ । काँग्रेसका नेता एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले गठबन्धनको निर्णयप्रति पार्टीका अधिकांश नेता तथा कार्यकर्ताको असहमति रहेको बताए । त्यसबारेमा छलफल गर्न बैठक बसिरहेको उनले बताए ।

हामीले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेलमा सहमति गर्यौं, भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाको पनि चुनावी तालमेलको विषयमा टुंग्याउछौँ, त्यसका लागि पार्टीको तर्फबाट पनि त्यसैअनुसार लाग्छौँ ।

नगरपालिका र गाउँपालिकाको उम्मेदवार भोलि बेलुकासम्म टुंगो लगाउने

नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलको विषय भोलि बेलुकासम्म टुंगो लगाउने भएको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्ता गठबन्धनमा देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकाको चुनावी तालमेलबारे सहमति भइसकेकाले अब नगरपालिका र गाउँपालिकामा पनि त्यसैगरी टुंगो लाग्ने बताएका हुन् ।

‘हामीले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेलमा सहमति गर्यौं, भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाको पनि चुनावी तालमेलको विषयमा टुंग्याउछौँ’, उनले भने, ‘ त्यसका लागि पार्टीको तर्फबाट पनि त्यसैअनुसार लाग्छौँ ।’

प्रदेश कमिटी संयन्त्रले नगर र गाउँपालिका टुंगो लगाउने छ। वडाको जिल्ला समन्वय समितिले गर्ने छ ।

उनले स्थानीय तहमा तालमेलको विषय मिलाउन केन्द्रीय कार्यदलले सहजीकरण, समन्वय र अनुगमन गर्ने पनि बताए । ‘प्रदेश कमिटी संयन्त्रले नगर र गाउँपालिका टुंगो लगाउने छ। वडाको जिल्ला समन्वय समितिले गर्ने छ’, उनले भने, ‘निर्वाचनको मिति नजिकिइसकेकाले केन्द्रको समन्वयमा नगरपालिका र गाउँपालिकाका उम्मेदवार प्रदेश कमिटीले भोलि बेलुकासम्म टुंगो लगाउँछ ।’

यो पनि…
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
स्थानीय तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली