English

जुम्ल्याहामध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘अभिभावकले महसुस गर्ने ठूलो पीडा’



म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् ।

सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा उनीहरूले भनेका छन, ‘गहिरो दुःखका साथमा हामी घोषणा गर्छौं कि हाम्रो नवजात शिशुकाे मृत्यु भएको छ ।’ उनीहरूले अगाडि भनेका छन्, ‘यो क्षतिमा हामी स्तब्ध छौँ । ’

३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेजले जुम्ल्याहा सन्तान जन्माउने तयारीमा थिए । जुम्ल्याहामध्ये बालिका भने बाँचेकी छिन् । बालिकाको जन्मले आफूहरुलाई यो क्षण केही आशा र खुशीका साथ बाँच्न बल दिएको उनीहरूले बताएका छन् ।

‘हाम्रो शिशु बालक, तिमी हाम्रो देवदूत हौ । तिमीलाई सधैं माया गर्नेछौं’, उनीहरूले लेखेका छन् । रोड्रिग्वेजले गर्भवती भएको खुलासा अक्टोबरमा गरेकी थिइन् ।

रोनाल्डोको एउटा छोरा क्रिस्टियानो जुनियर छन् । उनको जन्म सन् २०१० मा भएको थियो । सन् २०१७ मा रोनाल्डोका जुम्ल्याहा सन्तान इभा र माटेओ जन्मेका थिए ।
रोड्रिग्वेजतर्फ एउटी छोरी पनि छिन् । अलाना मार्टिनाको जन्म सन् २०१७ मा भएको थियो ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested