English

पीएसजी फ्रेन्च लिग उपाधि नजिक



दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २–१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ ।

शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ । अब २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधी जित्नेछ ।

घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाले ३१औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पीएसजी घरेलु मैदानमा उपाधि नजिक रहेको थियो ।

यो पनि
दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो
आईपीएलमा हैदराबाद ७ विकेटले विजयी



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा