भीषण वर्षापछि बाढी र पहिरो, ४०० जनाको मृत्यु



दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् ।

बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पु-याएको छ भने घरहरू बगाएको छ ।

दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ ।

यो पनि
फिलिपिन्समा बाढी : ५३ जनाको मृत्यु, गाउँ जलमग्न
ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः बाल्टिक समुद्रमा डुंगा

युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्थानीय समय अनुसार बिहीबार उनको ९६ वर्षको उमेरमा निधन भएको हो ।

मंगलबार मस्कोमा मृत्यु भएका सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन् ।

Suggested