English

जेसीबीले भत्काएर दिउँसै पुल चोरी



चोरीका धेरै अनौठा घटनाहरूले सुन्नुभएको होला तर चोरहरूले पुल नै चोरेको सुन्नुभएको छ ? बिहारको रोहतास जिल्लाबाट चोरीको यो अनौठो घटना बाहिरिएको छ । ६० फिट लामो पुल चोरले लगेका छन् ।

बिहारको रोहतास जिल्लाको नसरीगञ्ज थाना क्षेत्रको अमियावर क्षेत्रमा एउटा नहर छ । यो नहरमा बनेको फलामको पुल रातारात गायब भएको छ । पुल हराएको खबर सार्वजनिक भएपछि मानिसहरू छक्क परेका छन् ।

जेसीबीबाट दिउँसै पुल उचालेर ट्रकमा अपलोड

मानिसहरू गएर हेर्दा नहरमा बनेको ६० फिट लामो, १० फिट चौडा र १२ फिट अग्लो पुल हराइरहेको पाइएको थियो । चोरहरूले दिउँसै जेसीबीबाट उक्त पुल उचालेर ट्रकमा फलाम लगाएर लगेको बताइएको छ ।

चाखलाग्दो कुरा के छ भने सिँचाइ विभागको अधिकृत भएको बहानामा चोरहरूले स्थानीय विभागीय कर्मचारीको सहयोग र उनीहरूकै उपस्थितिमा पूरै पुल चोरेका छन् ।

केही दशक पुरानो नहरमा रहेको पक्की पुलको समानान्तर २५ फिटको दूरीमा फलामको पुल थियो । उक्त पुलभन्दा पहिले पनि कैयौँपटक चोरहरूले फलाम निकालेर पिकअपमा चढाएको गाउँलेले बताए । तर, यसपटक चोरहरूले ६० फिट लामो पुल चोरेका छन् । पुलबाट निकालिएको फलाम चोरहरूले कहाँ लगे भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

सोमबार चोरहरूले जेसीबी अनि ट्रक ल्याएको र दिउँसो पुल भत्काएको गाउँलेले बताए । गाउँलेहरूले प्रश्न सोध्दा चोरहरूले आफू सिँचाइ विभागको कर्मचारी भएको बताए । त्यसपछि, कटरले पुलको फलाम काटेर ट्रकमा चढाएर लगे ।

पहिले मानिसहरू डुङ्गाबाट नहर पार गर्ने गर्दथे । सन् १९६६ मा यात्रुले भरिएको डुंगा नहरमा डुबेको गाउँवासी बताउँछन् । त्यसपछि, सन् १९७२ र १९७५ को बीचमा फलामको पुल बनेको थियो ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested