English

यस्तो अवस्थामा यौन सम्पर्क नगर्नुहोस्



विवाहित दम्पतीका लागि यौन सम्पर्क अनिवार्य आवश्यक पूर्वाधार हो । विवाहपछि दम्पतीको सम्बन्धलाई टिकाइराख्न पनि यौन सम्बन्ध आवश्यक हुन्छ ।

यौन सम्पर्कका लागि दुवै पार्टनर मानसिक तथा शारीरिकरूपमा तयार हुनुपर्छ । यदि, पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईंप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ ।
यौन सम्पर्कअघि पार्टनरलाई विस्तारै मानसिकरूपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महशुस गराउनुपर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ ।

हामी सोच्छौँ मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउँछ । तर, कहिलेकहीँ त्यसले उल्टो नतिजा दिन्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो । जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यसमा भावना पनि आवश्यक हुन्छ ।

लडाई–झगडा सुल्झाउनका लागि सबैभन्दा पहिला पार्टनरलाई फकाउनुहोस् । आफ्नो गल्ती छ भने माफी माग्नुपर्छ । पार्टनरलाई खुसी तुल्याउन गिफ्ट दिन सकन्छ । जब पार्टनर खुसी हुन्छ, तपाईंले उनलाई पगाल्न तपाईंलाई गाह्रो पर्ने छैन ।

पत्नी गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन, कसरी राख्ने, कहाँ राख्ने ? यावत जिज्ञासा उठ्छ । विशेषज्ञका अनुसार गर्भवती भएको छैँटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ ।

किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको सम्भावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।

गर्भवती भएको बेला पार्टनरको पुरा ख्याल राखौँ । उनीहरूलाई हरबखत खुसी राख्नुपर्छ । विज्ञका अनुसार गर्भवती भएको चौथो र सातौँ महिनासम्म यौनसम्पर्क राख्न सकिन्छ, यद्यपि पार्टनरको सहज महशुस भएमा मात्र ।

शल्याक्रिया चाहे जतिसुकै सानो होस्, जबसम्म घाउ पूर्णरूपले निको हुँदैन यौनसम्पर्क राख्नु हुँदैन । सामान्य त चिकित्सकले शरीरको शल्यक्रियापछि तीन महिनाका लागि यौन सम्पर्क नगर्ने सल्लाह दिने गरेका छन् ।

तपाईंले यो सोच्नुपर्छ कि, शल्यक्रियापछि औषधि र थेरापीको कारण पार्टनरलाई यौन सम्बन्धमा इच्छा हुँदैन । यसका साथै शरीरको घाउले उनीहरूलाई केही सोच्न दिँदैन । यस्तो अवस्थामा उनलाई तपाईं प्रेम र ऊर्जा दिनुपर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले