English

आफन्तबाटै तीन बालिका बलात्कृत, दुईजना गर्भवती



उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुईजना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परीक्षण गर्दा गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । तीनवटै बालिका आफन्तबाट बलात्कारमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार झडकेली छोरीलाई सौतेनी बुवाबाट, काकाबाट भतिजिनीलाई र भेनाले सालीलाई बलात्कार गरेका हुन् ।

उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाउबाट १४ वर्षीया झडकेली छोरीलाई बलात्कार गरेको उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाबाट र त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिकालाई काकाबाट बलात्कार भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परीक्षणबाट खुल्न आएको छ । चालु आर्थिक वर्षभित्र २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका छन् ।सांकेतिक तस्बिर

यो पनि
बेस्सरी टाउको दुख्यो ? यस्ता छन् घरेलु उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested