English

विद्यालयमै प्याड, बेड र परामर्शको व्यवस्थाले छात्रालाई राहत



सुर्खेतस्थित सूर्य ज्योति माविका छात्रा प्रमिला उपाध्यायले महिनावारीको समयमा विद्यालय अनियमित हुन्थिन् । महिनावारीका बेला पेट दुख्ने समस्याका कारण उनी नियमित रूपमा कक्षामा बस्न सक्दैनथिन् । तर आजभोलि उनी महिनावारी भएको बेला पनि नियमित कक्षामा बस्छिन् ।

‘गाह्रो भएको केही बेर आराम गर्छौं, अनि कक्षामा सहभागी हुन्छौँ,’ प्रमिलाले भनिन्, ‘विद्यालयमा महिनावारीको समयमा आराम गर्ने बेड र सेनेटरी प्याड भएपछि हामीलाई सजिलो भएको छ ।’ गुर्भाकोट आनन्द मावि गुमीका छात्रा निशा बुचा महिनावारीका समयमा नियमित विद्यालयमा आउन सकेकी थिइनन् ।

महिनावारीको समयमा पेट दुख्नुको साथै बेन्चमा लामो समयसम्म बस्न समस्या हुन्थ्यो । ‘स्कुल छुटाउन त कस्लाई पो मन हुन्छ र’, उनले भनिन्, ‘विद्यालयमा आराम गर्ने ठाउँ हुन्थेन । अनि महिनाको तीन-चार दिन विद्यालय आउँदैनथ्यौँ ।’

उनी मात्रै होइन, महिनावारीका समयमा निशाजस्तै गुर्भाकोट नगरका छात्राहरू अनियमित हुन्थे । जसका कारण उनीहरूको पढाइ छुट्थ्यो । कहिलेकाहीँ त विद्यालयमै भएको अवस्थामा महिनावारी भयो भने विद्यालयमा प्याड नहुँदा हतारहतार घरमा फर्कनुपर्ने बाध्यता हुन्थ्यो ।

बेन्चमा लाग्ने हो की कसैले कपडामा लागेको देख्ला भन्ने डर उनीहरूको मनमा हुन्थ्यो तर अहिले नगरका सबै छात्राहरू महिनावारीका समयमा विद्यालयमा नियमित हुन्छन् । अहिले महिनावारी समस्याका कारण कुनै पनि किशोरीहरू विद्यालयमा अनियमित हुनुपर्दैन ।

विद्यालयमा आरामको लागि बेड र सेनेटरी प्याडको व्यवस्था भएपछि उनीहरू नियमित हुन थालेका हुन् । आनन्द माध्यमिक विद्यालयमा उनीहरूका लागि चारवटा बेड राखिएको छ । त्यसैगरी विद्यालयमा छात्राको लागि प्याडको पनि व्यवस्था गरिएको छ ।

‘गाह्रो हुँदा केहीबेर आराम गरेर फेरि कक्षा कोठामै फर्कन्छौँ’, विद्यालयमा अध्ययनरत छात्रा निशाले भनिन्, ‘महिनावारी हुँदा अहिले त नियमित विद्यालय आउँछौँ ।’ विद्यालयका प्रधानाध्यापक धनपति ढकालले ‘बेडरेष्ट’ कक्षा स्थापनासँगै कुनै पनि किशोरीहरू विद्यालय छोडेर घर जानुपर्ने अवस्था नआएको बताए ।

‘विद्यालयमा कक्षा ६ देखि १२ सम्म २०० बढी किशोरीहरू छन् । महिनावारी हुँदा प्रायः किशोरी विद्यालयमा आउँदैनथे र आए पनि हाजिर लगाएर फर्किन्थे’, उनले भने, ‘अहिले महिनावारीका कारण कुनै पनि छात्राले विद्यालय छोड्नुपर्ने अवस्था आएको छैन ।’

बेन्चमा लाग्ने हो की, कसैले कपडामा लागेको देख्ला भन्ने डर छात्राहरूको मनमा हुन्थ्यो तर अहिले गुर्भाकोट नगरपालिकाका सबै छात्राहरू महिनावारीका समयमा विद्यालयमा नियमित हुन्छन् । अहिले महिनावारी समस्याका कारण कुनै पनि किशोरीहरू विद्यालयमा अनियमित हुनुपर्दैन ।

महिनावारीको समयमा छात्रालाई नियमित गराउनका लागि गुर्भाकोट नगरपालिकाले ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालन गरेको हो । नगरकार्यपालिकाको निर्णयानुसार नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सुरुआतमा नगरपालिकाले आनन्द माध्यमिक गुमीमा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । पछि यहाँका २२ वटै विद्यालयमा यो कार्यक्रम लागू गरेको छ । कार्यक्रमअनुसार सो विद्यालयको एउटा कोठामा महिनावारीको समयमा छात्रालाई आरामको लागि पाँच वटा बेड राखिएको छ । त्यसैगरी विद्यालयमा सेनेटरी प्याडको पनि व्यवस्था गरिएको छ ।

‘बेड रेष्ट’ कार्यक्रमले राम्रो प्रभाव पारेको नगरप्रमुख हस्त पुनले बताए । यसले गर्दा छात्राहरू नियमित विद्यालय आउन थालेको उनले बताए । महिनावारीको समयमा किशोरीलाई विद्यालयमा नियमित गराई उनीहरूको सिकाइ उपलब्धिमा वृद्धि गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले बताइन् ।

‘महिनावारीको समयमा किशोरीहरूको विद्यालय नियमित नभएकाले ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालनमा ल्याएका हौँ’, उनले भनिन्, ‘यस्तो समयमा किशोरीहरू विद्यालयमा नआउने र आए पनि बीचमै कक्षा छोडेर जाने प्रवृत्ति देखिएको थियो ।’

त्यसैगरी महिनावारी भएको बेलामा किशोरी चार-पाँच दिनसम्म विद्यालयमा नियमित उपस्थित नभएको कारण पनि उनीहरूको पठनपाठनमा समेत बाधा पर्दै आएको उनको भनाइ छ ।

‘नगरभित्रका विद्यालयमा छात्र र छात्राको सिकाइ उपलब्धिलाई अध्ययन गर्दा छात्राको कम पाइयो । यसको समस्या खोतल्दै जाँदा महिनावारीको समयमा नियमित विद्यालयमा नआउनु रहेछ’, उपप्रमुख विकले भनिन्, ‘छात्राको सिकाइ उपलब्धि कम देखिनुका कारण बारेमा अध्ययन गर्दा महिनावारी समस्या भएकाले यसको समाधानका लागि अभियान थालेका हौँ ।’

नगरका २२ वटा विद्यालयमा ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालन गरी छात्रालाई विद्यालयमा नियमित गराउने कार्यक्रमसमेत तय गरिएको उपप्रमुख विकको भनाइ छ । ‘महिनावारीको समयमा तल्लो पेट दुख्ने समस्या हुन्छ र जसले गर्दा पठनपाठनमा बाधा पुग्छ’, उनले भनिन्, ‘विद्यालयमा भएको बेला यस्तो समस्या भएमा किशोरीलाई केही समय विद्यालयमा राखिएको बेडमा आराम गरेर पठनपाठनका लागि सहयोग पुग्नेछ ।’

त्यस्तै यहाँका प्रत्येक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराइएको छ । यसैगरी हरेक विद्यालयमा एकजना महिला शिक्षकलाई स्रोत व्यक्तिका रूपमा जिम्मेवारी दिएर महिनावारीको समयमा किशोरीलाई सेनेटरी प्याडको प्रयोग र परामर्श दिने व्यवस्थासमेत गरिने उपप्रमुख मैनाले बताइन् ।

यो पनि….न
डेलिभरी भएको कति समयपछि महिनावारी हुन्छ ?
महिनावारी कप भनेको के हो, कसरी गर्ने प्रयोग र के के छन् फाइदाहरु ?



...
maxispin_a_baKr

Discover the thrill of real-money live casino action at [url=https://maxispin-au.com/]mobile blackjack AU[/url], where you can enjoy live dealers, top software providers, and exclusive promotions. Responsible usage and fairness are emphasized throughout maxispin-au.com's services.

...
maxispin_u_ijkn

For those seeking an exceptional online gaming experience, [maxispin.us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. By prioritizing efficiency, MaxiSpin.us.com assists users in rapidly creating top-tier articles, blogs, and marketing copy. **Features of MaxiSpin.us.com** Additionally, the platform offers a robust spin-text generator, allowing users to create unique versions of their content with ease. **Benefits of Using MaxiSpin.us.com** For businesses, MaxiSpin.us.com offers a significant advantage by streamlining content creation.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested