English

बच्चालाई अनुशासित बनाउने उपाय



हरेक आमाबाबुले आफ्नो बच्चालाई अनुशासनको महत्त्व बुझाउन चाहन्छन् । उसले जीवनभर अनुशासनको पालना गर्नुपर्छ । जसले गर्दा उनको व्यक्तित्त्व चम्किलो होस् । केही बच्चाहरू धेरै नै चञ्चले स्वभावका हुन्छन् । उनीहरूलाई कुनै पनि नियमले बाँध्न वा अनुशासित बनाउन धेरै गाह्रो हुन्छ ।

बच्चाले सही वातावरण पाइरहेको छ भनी सुनिश्चित गर्नु आमाबाबुको दायित्व हो । उनीहरूले सही संस्कार सिकिरहेका छन् कि छैनन् भन्ने करामा पनि अभिभावकको ध्यानाकर्षण हुनुपर्छ । हरेक आमाबाबुले आफ्नो बच्चाले अरूको अगाडि राम्रोसँग व्यवहार गरोस् भन्ने चाहन्छन् । बालबालिकालाई अनुशासित बनाउन ध्यान दिनुपर्ने कुराहरू यसप्रकार छन् :

बच्चाले ‘नाई’ सुन्न सक्दैनन्
बच्चाको कुनै कुरा तपाईंले अस्वीकार गरे उनीहरू धेरै रिसाउँछन् र रून थाल्छन् भने उनीहरूलाई यसबारे अनुशासनमा राख्न खुसी तरिकाले सिकाउनुपर्छ । यसका लागि उनीहरूलाई प्रत्यक्ष अस्वीकारको सट्टा अन्य तरिकाले अस्वीकार गर्न सकिन्छ । उदाहरणका लागि, यदि उनीहरूले एउटा कुराको लागि सोधिरहेका छन् भने, त्यसको सट्टा अन्य चिजको साइड इफेक्ट र फाइदाहरू गणना गरेर अस्वीकार गर्न सकिन्छ ।

छिटो रिसाउँछन्
तपाईंको बच्चा अरूसामु क्रोधित हुन्छ भने उसलाई शान्त हुन सिकाउनुपर्छ । बच्चाले केही राम्रो काम गर्दा उनीहरूलाई उपहार दिने वा प्रशंसा गर्नुपर्छ । यसबाट प्रभावित भई आगामी दिनमा पनि यस्तै काम गर्ने सोच्छन् ।

बच्चाले अरूलाई दुःख दिन्छन्
तपाईंको बच्चाले अरू बच्चालाई नराम्रो व्यवहार गरेमा उनीहरूलाई सहानुभूतिको जगाउनु पर्छ । जसरी उनीहरू अरूसँग नराम्रो व्यवहार गर्छन् त्यसरी नै उनीहरूसँग पनि कुरा गर्ने प्रयास गर्नुहोस् । त्यसपछि, उनीहरूलाई कस्तो लाग्यो भनेर सोध्नुहोस् । त्यसपछि, पक्कै पनि उसले आफूमा परिवर्तन गर्न थाल्छ ।

बच्चाले तपाईंको भावनाको वास्ता गर्दैनन्
बच्चाले तपाईंको बारेमा केही महसुस नगरेमा वा उसलाई गाली गर्दा कुनै आपत्ति नजनाए उनीहरूलाई गाली गर्नु हुँदैन । थप गाली गर्नाले उनीहरूलाई अपमानजनक भएको महसुस हुन्छ ।

त्यसैले आफ्नो शब्दमा केही परिवर्तन ल्याउनुहोस् । यदि, उसले गल्ती गरेको छ भने उसलाई नराम्रो भन्नको सट्टा आफ्नो रिस कम गरेर उनीहरूसँग थोरै नरम भएर कुरा गर्नुहोस् ।
आफ्नो गल्तीमा अरूलाई दोष लगाउँछन्

बच्चाले अहिले आफ्नो गल्ती स्वीकार गर्न सिकेन भने, उसले भविष्यमा धेरै झुट बोल्न सिक्न सक्छ । तसर्थ, आफ्नो गल्ती अरूको टाउकोमा राख्नु हुँदैन भनेर उसलाई सिकाउनु धेरै महत्त्वपूर्ण छ ।

बच्चालाई भन्न सक्नुहुन्छ कि यदि उसले आफ्नो गल्तीको बारेमा केही स्वीकार गर्नुपर्छ । तर उसलाई तपाईंलाई भन्न असहज फिल भइरहेको छ भने उसले केही कागजमा लेखेर तपाईंलाई बताउन सक्छ । यस्तो अवस्थामा तपाईंले पनि रिस नगरी माया गरेर व्याख्या गर्नुपर्छ ।

बच्चाहरूलाई सानै उमेरमा अनुशासन जस्ता महत्त्वपूर्ण बानीहरू सिकाउनुपर्छ ताकि यी बानीहरू उनीहरूका लागि जीवनभर लाभदायी रहोस् ।

यो पनि…
पाचनक्रिया स्वस्थ राख्न खानुहोस् यी चिज

आयुर्वेदिकभन्दा एलोपेथिक औषधिको आकर्षण किन ?
आम मानिसको पहुँचमा छैन स्वास्थ्य सेवा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको

न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

Latest










Popular
Suggested