वैवाहिक जीवनलाई सफल वनाउने हो ?

नरनारी


संसारमा कोही पनि परफेक्ट हुदैन, हरेकमा केही न केही कमी कमजोरी हुन्छ नै । यस्तो अवस्थामा आफ्नो पार्टनर, सबैभन्दा र सबैमा परफेक्ट होस् भन्ने अपेक्षा राख्नु उसमाथि अन्याय हुन्छ । त्यसैैले वैवाहिक जीवनलाई कसरी सफल बनाउने भन्ने बिषयमा केही टिप्सहरु ।

यदि श्रीमान्–श्रीमतीलाई एकअर्काको कुनै कुरा मन पर्दैन भने त्यसबाट रुष्ट हुनुभन्दा यस विषयमा प्रेमपूर्वक एकअर्कालाई बताउदाँ राम्रो हुन्छ ।

– हरेकको आ–आफ्नो अलग व्यक्तित्व हुन्छ, त्यसैले पार्टनरलाई आफूअनुरूप बदल्नु भन्दा आपसी समजदारी बढाउने तर्फ प्रयास गर्नुपर्छ ।

– हरेक जोडीमा कुनै न कुनै मतभेद वा स–साना विवाद हुन्छ नै । तर आफ्नै कुरामा जिद्दी गरिराख्नु उचित भने होइन ।

– क्षमा माग्नु नराम्रो कुरा होइन, चाहे आफूबाट गल्ती नै नभएको किन नहोस् तर रिसाएको पार्टनरलाई मनाउन ‘सरी’ भन्न कन्जुस्याई गर्नुहुँदैन । प्रेमको बीचमा इगोलाई आउन दिनुहुँदैन ।

– गृहस्थीमा हरेक कुराको एडभान्स प्लानिङ आवश्यक हुन्छ । फेमिली प्लानिङदेखि फाइनान्स र इन्भेस्टमेन्टसम्मको प्लानिङ आपसी सहमतिबाट गर्नुपर्छ ।

– श्रीमान्–श्रीमतीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ, त्यसैले हरेक स–साना कुराको हिसाब माग्नु हुँदैन, न त शंका गर्नु नै ठीक हुन्छ ।

– हरेक सम्बन्धमा स्पेसको आवश्यकता हुन्छ । श्रीमान्–श्रीमतीको सम्बन्ध पनि यसबाट अछुतो छैन । एकअर्कालाई स्पेस दिनुपर्छ । यसबाट विश्वास बढ्छ र सम्बन्धमा सहजता प्राप्त हुन्छ ।

– अरूका अगाडि एकअर्काको निन्दा गर्नुहुँदैन । गुनासोलाई एकान्तमा व्यक्त गर्नु राम्रो हुन्छ ।

– यदि कुनै पार्टी वा समारोहमा अरूका सामु एकअर्काका लागि मुखबाट केही गलत निस्किहाले त्यही ठाउँमा बहस गर्न थाल्नु ठीक होइन । यसबाट विवाद बढ्छ । अतः उक्त विषयमा पछि कुरा गर्नु राम्रो हुन्छ ।

– एकअर्काको परिवारका सबै सदस्यलाई भावनात्मक स्तरमा जोड्ने प्रयास गर्नुपर्छ र उनीहरूको सुखदुःखमा सहभागी हुनुपर्छ ।

– विवाहपछि माइती पक्षसित लगाव बढ्नु स्वाभाविक हो तर माइती आउने जाने क्रम धेरै बढ्नाले श्रीमान् तथा उनको परिवारजनका लागि समस्या बन्न सक्छ । अतः उनीहरूको सहमतिमा मात्र माइती जानु उचित हुन्छ ।

– उपहार नराम्रो लाग्ने सायदै कोही होलान्, एकअर्कालाई सरप्राइज गिफ्ट दिनुपर्छ ।

– स–साना कुरामा खुसी खोज्ने प्रयास गर्नुपर्छ । कुनै विशेष अवसरको प्रतिक्षा नगरी क्यान्डल लाइट डिनर गर्न सकिन्छ वा फिल्म हेर्न जान सकिन्छ । यसबाट सम्बन्धमा प्रगाढता बढ्छ ।

– प्रेम गर्नु मात्र नभएर व्यक्त पनि गर्नु आवश्यक छ । त्यसैले एकअर्काको खुबीका बारेमा बताउनुपर्छ र प्रशंसा गर्नुपर्छ । प्रशंसा गर्ने स्थिति खोजिरहनुपर्ने आवश्यकता छैन । चिया कफी, खाना, पहिरन आदिको पनि प्रशंसा पर्याप्त हुनसक्छ ।

– पार्टनरलाई करियरमा सफल हुन प्रेरित गर्नुपर्छ साथै एकअर्काको शौख पूरा गर्न सहयोग गर्नुपर्छ । यसबाट आपसी खुसी अझ बढ्छ ।

– श्रीमान् अफिसबाट घर आउने बित्तिकै परिवारका अन्य सदस्यहरुको गुनासो पोख्नु उचित होइन । आफ्नो समस्यालाई शालीनतापूर्वक सही समयमा व्यक्त गर्नु राम्रो हुन्छ ।

– छरछिमेक वा ईष्टमित्रलाई देखाउन मात्र खरिददारी गर्नु ठीक होइन, यसबाट घरको बजेट बिग्रन सक्छ । देखावटीपनबाट बाहिरी रूपमा सन्तुष्टि प्राप्त भए पनि यसले घर भित्र आर्थिक बोझ थप्ने कार्य गर्छ ।

– फुर्सद भएका बेला श्रीमतीको काममा सहयोग गर्नुपर्छ । सातामा एकपटक आफ्नो हातबाट केही कुरा बनाएर श्रीमतीलाई ख्वाउनुपर्छ, अरू नभए पनि चिया–कफी मात्र भए पनि बनाएर सरप्राइज दिनुपर्छ ।

– कुनै पनि प्रश्नको सीधा जवाफ दिनुपर्छ । जन्मदिन वा विवाहको एनिभर्सरीमा आफ्नो चाहना सीधा व्यक्त गर्नु राम्रो हुन्छ । ‘उनलाई थाहा हुन्छ’ ‘वा तपाईंंले यति पनि बुझ्नुहुन्न’ भन्ने सोच बेइमानी हो ।

– वादविवाद बढे सम्बन्ध विच्छेद गर्छु वा माइती जान्छु भन्ने धम्की दिनु उचित होइन ।

– कुनै विवाद वा कुराले तिलको पहाड बनाउने सम्भावना छ भने त्यसबाट बच्ने प्रयत्न गर्नु आवश्यक छ ।

– धन्यवाद जस्ता शब्दको प्रयोग मात्र अरुका लागि नभएर आफ्नाका लागि पनि उत्तिकै जादूको काम गर्छ । कुनै गिफ्ट प्राप्त भए वा पार्टनरको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुपर्छ ।

– बदलिँदो मौसमको आनन्द महसुस गर्नुपर्छ । वर्षात्को समयमा सँगै भिज्नुपर्छ, वर्षात्को पानीमा सँगै बस्दा रोमान्स अनुभव गर्नुपर्छ ।

– वर्षमा एकपटक घुम्न केही दिन कतै जानु राम्रो हुन्छ । यसो गर्नाले दैनिक जीवनको झन्झटबाट मुक्ति त पाइन्छ नै साथै घुमफिरको आनन्द पनि प्राप्त हुन्छ ।

– व्यस्तताका बावजुद पनि समय निकालेर श्रीमतीको कुरा ध्यानपूर्वक सुन्नुपर्छ ।

– आफ्नो रुचिका कारण श्रीमतीको उपेक्षा त भैरहेको छैन भन्ने ख्याल राख्नुपर्छ । जस्तै टिभी हेर्नु, पार्टीमा जानु आदि ।

– साथीहरूसित समय बिताएर श्रीमतीलाई समय नदिनु बेइमानी हुन्छ । श्रीमतीलाई आफ्नो जीवनको हरेक पक्षमा सहभागी गराएर, समय दिनुपर्छ ।

– विवाह बन्धन हो भनेर श्रीमान्लाई नियन्त्रणमा राख्नुहुँदैन । उनका साथीहरूसितको समयलाई आफूमा निहित राख्नु गल्ती हुन्छ ।

– सासु–बुहारीको झगडामा समझदारीपूर्वक काम लिनुपर्छ । श्रीमतीलाई मात्र दोषी ठहर्याउनुहुँदैन ।

– माइती जाने कुरामा रुटिन बनाउँदा त्यसैलाई आवश्यक बनाएर प्राथमिकता दिनु राम्रो हुदैन ।

– यदि मलाई प्रेम गर्छौ भने तिमीले यसो गर्नुहुँदैन भनेर ब्ल्याकमेल गर्नु ठीक होइन । यी कुराले अपरिपक्वता दर्साउँछ ।

– कहिलेकाहीँ एकअर्काको स–साना गल्तीलाई नजरअन्दाज गर्नुपर्छ । यसले सम्बन्ध बिग्रनबाट जोगिन्छ ।

– घर फर्कंदा ढिलो नहोस् भन्ने कुरामा ख्याल राख्नुपर्छ । ढिलो हुने भए श्रीमतीलाई फोनमार्फत् जानकारी दिनुपर्छ । महिलाहरू पुरुषभन्दा भावुक हुन्छन् र समयमा घर नफर्कंदा उनीहरूको मनमा अनेकन आशंका उब्जन्छ ।

– आपसमा समानता खोज्नुपर्छ । समान रुचिमा मिलेर एकसाथ त्यसको आनन्द लिनुपर्छ ।

– त्यसो त श्रीमान्–श्रीमतीको सम्बन्ध मनको साइनो हो तर विवाहमा यौन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सुखमय एवं सन्तुष्ट यौनजीवनले श्रीमान–श्रीमतीको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।

– अफिस, बोस वा कामकोे तनाव श्रीमतीमाथि पोख्नु हुँदैन । अफिस र कामको झन्झटलाई घरबाहिरै छोडेर आउनु राम्रो हुन्छ । यसो गर्नु परिवारका लागि मात्र नभई व्यक्ति स्वयंका लागि पनि आवश्यक छ ।

– जीवनसाथीको केही कुरा मन पर्दैन, कमी कमजोरी थाहा छ भने यस विषयमा उनलाई प्रेमपूर्वक बताउनुपर्छ तर यो मामिलामा उनको तुलना अरूसित गर्ने गल्ती गर्नुहुँदैन ।

– ‘म’ को स्थानमा ‘हामी’ भन्न जान्नुपर्छ । कुनै पनि निर्णय साथ मिलेर लिनुपर्छ र कुनै निर्णय गलत भए एकअर्कालाई आरोप नलगाई त्यसको साझा जिम्मेवारी लिनुपर्छ ।

– कुनै पार्टी वा विवाह समारोहमा जाँदा आफ्नो कपडा, शृंगार आदिका बारेमा पार्टनरको राय लिनुपर्छ ।

– श्रीमान्–श्रीमतीलाई बुझ्न तिनका मित्रलाई पनि बुझ्नुपर्छ । अतः एकअर्काको साथीसंगिनीबाट परिचित हुनुपर्छ ।

– कुनै पनि मुद्दामा विवाद भए मूल विषयमा केन्द्रित रहेर त्यसको समाधान खोज्नुपर्छ । मूल विषयबाट हटेर एकअर्काको परिवारजनसम्मको कुरा मिसाएर आरोप प्रत्यारोपमा लाग्नु ठीक होइन ।

– स्वयंलाई फिट र स्फूर्त राख्न केही समय व्यायाम पनि गर्नुपर्छ । शरीरलाई उमेरअनुसार फिट राख्नु आवश्यक छ ।

– विवाद र मतभेदबाट जोगिनुको अर्थ त्यसबाट भाग्नु होइन । आ–आफ्नो विचार शालीन रूपमा व्यक्त गर्नुपर्छ । सकारात्मकताका साथ स्थायी समाधान खोज्नुपर्छ ।

– सम्भव भएसम्म चिया नास्ता, लन्च वा डिनर साथै गर्नुपर्छ ।

– आपसी तालमेल कायम गर्न परस्पर सहयोग कायम राख्नुपर्छ ।

– आपसी सम्बन्धमा आई लभ यु र मिस यु को अभिव्यक्तिले अक्सिजनको काम गर्छ ।

– सुखी र सुमधुर वैवाहिक जीवनमा समर्पणले धेरै महत्व राख्छ । यदि श्रीमान्–श्रीमती एकअर्काप्रति पूर्ण रूपले समर्पित छन् भने जीवनको हरेक पल सुखद रहन्छ ।

– घरगृहस्थीबाट समय निकालेर डेटिङमा जानु पनि राम्रो हुन्छ ।

– आफ्नो पार्टनरलाई आफ्नो जीवनमा उसको कति महत्व छ आभास गराउनु पनि आवश्यक छ ।



...
rogeKneep

1 Ојg kg, or at least about 10 Ојg kg or at least about 0 buying cialis online reviews It breaks my heart that anyone would give their pet up for that reason

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने

अहिले लामो दुरीको सम्बन्ध हुनु सामान्य कुरा हो । लामो दूरीको सम्बन्ध चलाउन कहिल्यै सजिलो हुँदैन। टाढा बस्दा माया जोगाउन