English

जीवनको लीला भनेको के हो ?



मनुष्यलाई उच्च सम्भावनासम्म पुऱ्याउनको लागि विभिन्न परम्पराहरूमा फरक–फरक तरिकाहरू रचना गरिएका छन् । ब्रह्मचर्य एउटा तरिका हो । लीला अर्को तरिका हो । लीला भनेको तपाईंको शरीर, तपाईंको मन अनि तपाईंले “म” भनेर ठान्नुभएका सम्पूर्ण कुराहरूबाट मोहभङ्ग हुनको लागि सबैथोकहरू उपयोग गर्ने तरिका हो ।

चाहे तपाईं जप गर्नुहोस्, नाँच्नुहोस्, खानुहोस्, गीत गाउनुहोस्, वा चाहे जेसुकै गर्नुहोस्, त्यसमा शत–प्रतिशत सहभागी भएर आफूलाई त्यसमा पूरै समर्पित गर्नुहोस् । यसको लागि तपाईं स्त्रैण हुनुपर्छ, अर्थात् तपाईंमा स्त्री सुलभ गुण प्रबल हुनुपर्छ ।

स्त्रैणको मूल प्रकृति भनेकै समर्पित हुनु, विलिन हुनु र ग्रहण गर्नु हो । चन्द्रमाको आफ्नो कुनै गुण हुँदैन । उसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित (परावर्तन) गरिरहेको हुन्छ- तर, हेर्नुहोस् त त्यो कति सुन्दर बनेको छ ।

यदि चन्द्रमाले आफ्नै केही उट्पट्याङ्ग गरेको भए, यो यति सुन्दर हुने थिएन ! सूर्य जीवनको स्रोत हो; सृर्यले जीवन कायम राखेको छ- त्यो फरक कुरा हो । तर तपाईंभित्र केही दिव्य आयाम जागृत गर्न वा तपाईंमा काव्य वा प्रेमको भावना जगाउने सन्दर्भमा सूर्यको दाँजोमा चन्द्रमाले निकै महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । किनकि, यसको आफ्नो कुनै गुण हुँदैन, यसले केवल प्रतिबिम्बित गरिरहेको हुन्छ ।

यदि तपाईं दिव्यतालाई जान्न चाहनुहुन्छ भने, त्यसको निम्ति एकमात्र तरिका भनेको तपाईंमा आफ्नो छुट्टै गुण नहुनु हो । तपाईं केवल प्रतिबिम्ब बन्नुहोस् । यदि तपाईं प्रतिबिम्ब बन्नुभयो भने, तपाईंले के प्रतिबिम्बित गर्नुहुनेछ ? केवल परम–सत्य !सदगुरुको प्रवचनमा आधारित

यो पनि…
नयाँ वर्षको संकल्प

यसकारण बिग्रन सक्छ दाम्पत्य जीवन
कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा
लक्ष्य प्राप्त गर्न तपस्या जरुरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested