English

पूर्वअर्थमन्त्रीहरूको नजरमा देशको अर्थतन्त्र (पूर्णपाठ)



तीन जना पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था गम्भीर संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् । पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डेयुवराज खतिवडाले मुलुक इतिहासकै गम्भीर आर्थिक संकटमा पुगेको बताएका हुन् ।

एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनीहरूले यस्तो बताएका हुन् । उनीहरूले अर्थतन्त्र गम्भीर संकटमा पुगेको भन्दै यसलाई बचाउने जिम्मेवारी सबैको भएको बताए ।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेले सरकार छोड्दा अर्थतन्त्र सबल र सुदृढ अवस्थामा रहेको बताए । ‘केपी ओली नेतृत्वको सरकारको कार्यकाल कोभिड–१९ महामारी नियन्त्रणमा केन्द्रित हुनुपर्ने थियो,’ उनले भने, ‘स्वाभाविक रूपमा दुनियाँका शक्तिशाली अर्थतन्त्रलाई पनि चुनौती दिइरहेको थियो । हामीले पनि त्यो चुनौतीको सामना गर्नुपरेको थियो ।’

कोभिड महामारीको सामना गर्दागर्दै पनि ओली नेतृतवको सरकारले अर्थतन्त्रका परिसूचकहरूलाई बिग्रन नदिएर तुलनात्मक रूपमा सबल र सुदृढ अर्थतन्त्रको आधार निर्माण गर्न सकेको उनको भनाइ छ ।

‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन । आर्थिक अवस्था यस्तो हुने थिएन । पूरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुकलाई श्रीलंका बनाउने अवस्थामा पुगिसक्यो,’

पौडेलले वर्तमान सरकारका कारण अर्थतन्त्र इतिहासकै गम्भीर मोडमा पुगेको बताए । ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन । आर्थिक अवस्था यस्तो हुने थिएन । पूरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुकलाई श्रीलंका बनाउने अवस्थामा पुगिसक्यो,’ पौडेलले भने ।

मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको उनको भनाइ छ । पाँच दलीय गठबन्धनको सरकारले ध्वस्त पारेको अर्थतन्त्र बचाउन अब हस्तक्षेप गर्ने बेला आएको बताए । यसो नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले बचाउन नसक्ने उनको भनाइ थियो ।

अघिल्लो सरकारले बजार महंगी ४ प्रतिशतभन्दा तल राखेको, विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने करिब १४ अर्ब रुपैयाँ बराबरको छाडेर गएकोमा अहिलेको सरकारले यसलाई ध्वस्त पारेको बताए ।

कोभिड–१९ का बाबजुद पनि आफ्नो सरकारले झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न सफल भएको उनको भनाइ थियो । लगानीको वातावरण बनाएको र बैंकिङ ब्याजदर एकल अंकमा राखेको बताए । तर, वर्तमान सरकारले यसलाई समेत ध्वस्त पारेर मुलुकको आर्थिक अवस्था इतिहासमा नै पहिलो पटक कमजोर बनाएको आरोप लगाए ।

वर्तमान सरकारले व्यापार घाटामा छलाङ मारेको बताए । अघिल्लो आर्थिक वर्षमा १०४ अर्बले मात्र रहेको चालु खाता घाटा यस वर्ष ह्वातै बढेर ४०० अर्ब पुगेको बताए । त्यस्तै रेमिट्यान्समा वैदेशिक रोजगारीमा जानेहरूको संख्या २५६.९ प्रतिशतले बढ्दा पनि उल्टो रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घटेको बताए । यसरी रेमिट्यान्स घट्नु शंकाको विषय बनेको बताए ।

त्यस्तै, अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले त वर्तमान अर्थमन्त्री भाग्न सक्ने बताए । देशको अर्थतन्त्र गम्भीर संकटमा पुगेको भन्दै उनले अर्थमन्त्रालयको नेतृत्व गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा भाग्न सक्ने बताएका हुन् । ‘श्रीलंकामा अर्थमन्त्री भाग्ने रे भन्ने सुन्दैछु । कतै यो दिन नआओस् नेपालमा,’ पाण्डेले भने ।

अर्थमन्त्री शर्माले कानुनविपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताए । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गर्भनरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताए ।

यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?,’ उनले भने ।

मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको बताए । बढ्दो आयात, चालु खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दबाबले अर्थतन्त्रमा संकट आउने त्रास देखिएको बताए । तर, उल्टै यसलाई रोक्न राष्ट्र बैंकले चालेको कदममा सरकार जाइलागेको बताए ।

३३ अर्ब रुपैयाँ बजेट बचतमा रहेको ठेकेदारले नै ५० अर्बभन्दा रूपैयाँ माग गरेको बताए । उनले देशको अर्थतन्त्र एकदमै संकटग्रस्त अवस्थामा पुगेको भन्दै यो बचाउनतिर सबै लाग्नुपर्नेमा जोड दिए ।

‘आठ महिनामा आठ खर्बको आयात भइसकेको छ । अब वर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ

त्यस्तै, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा परेको बताए । अहिले आर्थिक वृद्धिभन्दा पनि धरासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ । ‘आठ महिनामा आठ खर्बको आयात भइसकेको छ । अब वर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने ।

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउने भन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भने ।

सरकारकै कारण बैंकमा लगानीयोग्य पैसा नभएको बताए । बैंकमा लगानीयोग्य पैसा नहुनुको कारण सरकारको गैरकानुनी गतिविधि र गलत क्रियाकलाप रहेको बताए ।

‘सरकारका मन्त्रीहरू कमाउ धन्दामा लिप्त छन् । उनीहरू ठेक्कापट्टाको सेटिङमा लागेका छन् । मन्त्रीहरूले निर्वाचनका लागि खर्च चाहियो भनेर खुलमखुला हिँडिरहेका छन्,’ डा. खतिवडाले भने, ‘खाद्य वस्तुको असाध्यै धेरै मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर भएको छ ।

चालु खर्च ८ प्रतिशतले बढ्ने देखिएको छ । यो अन्तर्राष्ट्रिय रूपमै अर्थतन्त्रमाथि खतराको घण्टी हो । त्यही खतराको संकेत हामीले गरिरहेका छौँ ।’

उनले सरकार नै सम्पत्ति शुद्धीकरणमा लागेका कारण बैकिङ प्रणालीबाट पैसा अन्तै गएको बताए ।

यो पनि
विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम
अब यसरी अघि बढ्नेछ बूढीगण्डकी आयोजनाको काम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो