English

को बन्ला इमरान खानको उत्तराधिकारी ?



विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन् । तर, प्रभावकारी प्रशासकको रूपमा देभभित्र उनको उच्च प्रतिष्ठा छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफका कान्छा भाई शहबाज इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरूले गरेको प्रयत्नको नेतृत्व गरेका थिए । शनिबार राति संसदमा खानबिरुद्ध अविश्वासको प्रस्ताव पारित भएको थियो ।

शेहबाजको पाकिस्तानको सेनासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । २२ करोड जनसंख्या भएको पाकिस्तानमा सेनाले विदेश र रक्षा नीतिमा हस्तक्षेप गर्ने बताइन्छ ।

पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शेहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएका थिए । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए ।

गत साता एक अन्तवार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्दै आएका छन् ।

सन् १९९९ मा पाकिस्तानमा भएको सैनिक विद्रोहपछि शहबाजलाई जेलमा राखेर साउदी अरब निर्वासन गरिएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए ।

आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीको प्रमुख बनेका थिए ।

यो पनि…
इमरान खान पदमुक्त
जेलेन्स्की भन्छन्– रूसमाथि थप प्रतिबन्ध लगाइयोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested