English

बाँदर आतंक रोक्न बनमै फलफूल खेती



हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै बाग्लुङको एक वडाले सामुदायिक बनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक बन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो ।

बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक बनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक बनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले बनमा उत्पादन गर्न सकिने फलफूलका बिरुवा लगाउन सुरु गरेको हो ।

पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक बनमा फलफूल लगाइएको छ । जापानिज नास्पाती, एभोकाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधिजन्य जडीबुटीका बिरुवा बनमा लगाइएको लामिछानेले बताए ।

साङ्खोला सामुदायिक बन उपभोक्ता समितिको सहकार्यमा दुई हजार ५०० बिरुवा लगाइएको उनले बताए । डिभिजन बन कार्यालय बाग्लुङ, कृषि ज्ञान केन्द्रलगायतका संस्थाले वडाको अभियानमा बिरुवा सहयोग गरेका थिए ।

रेशकै मौवाघारी सामुदायिक बनमा पनि परीक्षणका रूपमा फलफूलका बिरुवा लगाउन थालिएको उनले बताए । बनमा फलफूलका बिरुवा लगाउँदा सामुदायिक बन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने बडाको विश्वास छ ।

‘चिलौने, उत्तिस, अँगेरीलगायतका बिरुवाको बनले मात्रै उपभोक्तालाई फाइदा दिन सक्दैन’, उन भने, ‘बनको खाली जग्गामा लगाइएको फलफूलले बहुवर्षे उत्पादन दिँदा समूहमा रहेका सबैलाई फाइदा हुन्छ ।’ बन पनि नमासिने र फलफूल पनि हुर्किने गरी खाली जमिनमा बिरुवा लगाउन वडाले भनेको छ ।

बाँदरले खान मिल्ने फलफूल बनमै हुँदा घर गाउँमा डुल्ने बाँदर बनमा रोकिने र खेतीपाती जोगिने वडाको विश्वास छ ।

बाँदरले खान मिल्ने फलफूल बनमै हुँदा घर गाउँमा डुल्ने बाँदर बनमा रोकिने र खेतीपाती जोगिने वडाको विश्वास छ । टिमुरलगायतका औषधिजन्य जडीबुटीबाट सामुदायिक बनले आयआर्जन गर्न सक्ने स्थानीय रामचन्द्र शर्माले बताए ।

‘फलफूलकै बन बनाउँदा केही बिग्रिने होइन, भएका रुख नमास्ने र खाली जमिनमा फलफूल लगाउने गरिएको छ’, उनले भने, ‘बाँझो जमिनमा पनि उत्पादनसँग जोडिने खेती गर्न थालिएको छ ।’

रेशमा नौ सामुदायिक बन छन् । सबै सामुदायिक बनमा क्रमशः फलफूल खेती विस्तार गर्ने योजना रहेको लामिछानेले सुनाए । अघिल्लो आर्थिक वर्षमा पाँच लाख खर्चेर फलफूल तथा जडीबुटीका बिरुवा लगाएको वडाले ती बिरुवाको संरक्षण र गोडमेलको जिम्मेवारी सामुदायिक बनलाई नै दिएको छ ।

पशुपालन र खेतीपाती धेरै हुने रेशका सामुदायिक बनमा हुने घाँसले किसानलाई सहयोग गर्ने गरेको छ । फलफूल तथा जडीबुटी उत्पादन सुरु हुँदा किसान उपभोक्तालाई आर्थिकरूपमा थप सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए ।

यो पनि…
नयाँ वर्ष नजिकिएसँगै बढ्यो पर्यटकको चहलपहल
विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested