English

नयाँ वर्ष नजिकिएसँगै बढ्यो पर्यटकको चहलपहल

ठमेलका होटलहरू विदेशी पर्यटकले भरिन थाले


वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् ।

कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ ।

पर्यटकीय गतिविधि पनि बढेको छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी पर्वतारोही धमाधम गन्तव्यतिर निस्किएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथामा २३ सहित विभिन्न ६१ हिमाल आरोहणका लागि ५०० भन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका छन् । ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोस साहसहितको टोली यही चैत २४ गते नेपाल आएर नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसारमा निस्किएका छन् ।

सेफ टोली १० दिनसम्म विभिन्न गन्तव्यमा पुगेर प्रवर्द्धनात्मक गतिविधिमा सहभागी हुनेछ । नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा डोमेस्टिक ट्राभल मार्ट गरिरहेको छ । सुदूरपश्चिम ट्राभलमार्ट चैत २५ गतेदेखि सुरु भएको छ । पर्यटकीय राजधानीको रूपमा कहलिएको पोखरामा १७औं फेवा महोत्सव चैत ३० गते देखि वैशाख १ गतेसम्म आयोजना हुँदैछ । नयाँ वर्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।

ठमेलका होटल भरिभराउ
काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटलहरू यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै ठमेल क्षेत्रका पनि व्यवसायीहरू पनि उत्साहित छन् ।

काठमाडौं महानगरपालिका–१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा ईन्कोर काठमाडौंका महाप्रबन्धक महेश फुँयाल होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताउँछन् । ‘९० कोठा रहेको रमदा होटलमा ७० भन्दा बढी कोठा दैनिक भरिँदै आएको छ, यसले हामीमा उत्साह थपेको छ’, महाप्रबन्धक फुँयाल भन्छन् । उक्त होटलमा हाल अमेरिकी, भारतीय र युरोपेली पर्यटक धेरै आएको उनको भनाइ छ ।

कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ ।

ठमेलस्थित यात्री होटल ठमेलका सञ्चालक एवं टानका पूर्व उपाध्यक्ष नीलहरि बाँस्तोला मुलुकको पर्यटन क्षेत्रमा सकारात्मक लक्षण देखिएको बताउँछन् । ‘कोरोनासँगै ध्वस्त भएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले विभिन्न देशका राजदूत र वाणिज्यदूतलाई राखेर नेपाल खुला भएको सन्देश दिनु जरुरी छ’, उनी भन्छन् ।

काठमाडौंको सोह्रखुट्टेमा सञ्चालित निवास बुटिकका सञ्चालन सुदर्शन नेपाल चिनियाँबाहेक अन्य देशका पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँछन् । ‘नेपालमा कोरोना छैन, पीसीआर चाहिँदैन भन्ने सन्देश आम पर्यटकलाई दिन सके पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने थियो’, उनी भन्छन् ।

पर्यटक आगमन निरन्तर बढदै
नेपाल पर्यटन वोर्डका अधिकृत कवीन्द्र भट्ट मार्चमा मात्र हवाई मार्ग भएर ४२ हजार छ जना विदेशी पर्यटक नेपाल भित्रिएको बताउँछन् । सन् २०२२ को जनवरीदेखि मार्चसम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएको उनको भनाइ छ । ‘भारतीय पर्यटक सन् २०१९ को मार्चमा भित्रिएको भन्दा सन् २०२२ को मार्चमा धेरै भित्रिएका छन्, यो नेपालको पर्यटन उद्योगका लागि सुखद कुरा हो’, उनी भन्छन् ।

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उध्रृत गर्दै उपलब्ध गराएको तथ्याङ्क अनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो ।

यो वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ । सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँछन् । ‘लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ’, उनी भन्छन् ।

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटलहरू यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै ठमेल क्षेत्रका पनि व्यवसायीहरू पनि उत्साहित छन् ।

विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगमनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उनको भनाइ छ । प्रमुख रेग्मीले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताउँछन् ।

होटल व्यवसायीको छाता सङ्गठन होटल सङ्घ नेपालले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताउँछन् ।

पछिल्ला दिनमा पर्यटन क्षेत्रमा देखिएको गतिविधिले नेपालको पर्यटन सुरक्षित रहेको र पाहुनाको पर्खाइमा रहेको सन्देश दिइरहेको छ । आगामी सिजनका लागि होटलमा राम्रो ‘इन्क्वाइरी’ आइरहेकाले पनि व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ । कार्यवाहक अध्यक्ष शाहले पर्यटक आगमन बढाउन एक महिना निःशुल्क भिसालगायतका प्याकेज घोषणा गर्नसकिए आउने दिन पर्यटनका लागि सुखद् रहने उल्लेख गरे ।

पोखराका होटल व्यवसायी भरतराज पराजुलीले पोखरामा पर्यटकीय गतिविधि बढेकाले व्यवसायी उत्साहित भएको बताए । उनले पोखरा वरिपरिका साहसिक पर्यटकीय गन्तव्यको विकास प्रवर्द्धनले देशको पर्यटनमा बहार छाएको उल्लेख गरे ।

यो पनि….
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली