English

यस वर्ष हिमाल आरोहणका लागि ५०५ जनाले लिए अनुमति



यस वर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नको लागि ५०५ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३ सय ८९ पुरुष र १ सय १६ जना महिला गरी कुल ५ सय ५ जना रहेका छन् ।

यस वर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नको लागि अनुमति लिएका छन् । हालसम्म २३ समूहमा २ सय ४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणको लागि अनुमति पाउनेमा १ सय ५८ जना पुरुष र २ सय ४ जना महिला छन् ।

सगरमाथापछि दोस्रो ठूलो संख्या लोह्त्से हिमाल आरोहणको लागि अनुमति लिनेहरूको छ । लोत्से हिमाल आरोहण गर्न हालसम्म ५२ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार आमादब्लमको लागि ३९, अन्नपूर्ण फर्टको लागि २६, बरुन्त्सेको लागि १६, धौलागिरीको लागि २१, हिमलुङको लागि १६, कञ्चनजङ्गाको लागि ४६, मकालुको लागि १५, मनास्लुको लागि ९, नुप्त्सेको लागि २८ जनाले अनुमति पाएका छन् ।

यसवर्ष हिमाल आरोणको लागि अनुमति दिँदा हालसम्म २९ करोड ७४ लाख ३४ हजार ८ सय १ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।

यो पनि…
३ फिट ७ इन्चका २८ वर्षीय सागर भन्छन्, ‘रामदुङ चढें सगरमाथा चढ्दैछु’ (भिडियो सहित)
बाजेको सम्झनामा सगरमाथा चढ्दै तेन्जिङ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,