English

तोकियो मनोरञ्जन कर, कहाँ जाँदा कति ?



काठमाडौं महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलग-अलग करको दर कायम गरेको छ ।

काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार दोहोरी साँझ जानेलाई २० रूपैयाँ र क्यासिनो छिर्नेलाई ५० रूपैयाँ व्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो ।

विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति २० रूपैयाँ र क्यासिनो प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति ५० रूपैयाँ कर उठाउन निर्देशन दिएको हो ।

यसैगरी, चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरूबाट प्रतिटिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फन पार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रतिटिकट ५ प्रतिशत बुझाउन पनि राजश्व विभागले निर्देशन दिएको छ ।

बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यो पनि…
युवाले लिए परम्परागत बाजाको प्रशिक्षण
छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता २६ चैतमा
‘म काठमाडौंको मेयरमा उठ्दिनँ’ : भुवन केसी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested