English

नेयमार र एमबाप्पेको ह्याट्रिक, मेस्सीले के गरे ?



पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति सानदार जित निकाल्दा फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक पूरा गर्दा अर्का स्टार लियोनल मेस्सी भने गोलविहीन भएका छन् ।

नेयमार र एमबाप्पेले ३–३ गोल गर्दा पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित निकाल्यो । पिएसजीको जितमा नेयमारले ६, ७१ र ८३ मिनेटमा गोल गरे ।

एम्बाप्पेले १७, ७४ र ८० मिनेट ह्याट्रिक पूरा गरे । घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए । गोलविहीन रहेका मेस्सीले ह्याट्रिक असिस्ट भने गरे । उनले एमबाप्पेलाई दुई असिस्ट दिए भने नेयमारलाई एक अन्तिम पास उपलब्ध गराएका थिए ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पिएसजीले दोस्रो र तेस्रो स्थानको रेन्नेस र मार्सेलाई १५ अंकले पछि पारेको छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा छ ।

रियल मड्रिडको जित, एट्लेटिको पराजित
स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।

रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २–० अन्तरले पराजित गरेको हो । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे ।

३८औं मिनेटमा क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए । जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ ।

पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ । अर्को खेलमा एट्लेटिको मलोर्कासँग १–० अन्तरले स्तब्ध भयो । ६८औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए ।

जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।

यो पनि…
युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको जित

आइपिएल : कुन टिमको कस्तो प्रदर्शन ?
भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested