English

युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको जित



एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ ।एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७औं मिनेटमा गोल गरे ।

प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दूरी चार अंक पुर्‍याएको छ । यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ ।

सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहम भन्दा छ अंक कम हो ।आइतबार भएको अर्को खेलमा आर्सनल पराजित हुँदा टोटनहम भने चौथो स्थानमा उक्लियो ।

टोटनहमले एस्टन भिल्लालाई ४-० को अन्तरमा हरायो । टोटनहमको जितमा ह्युन मीन सनले ह्याट्रिक गरे । यस्तै डेजान कुलुसेभस्कीले एक गोल गरे । जितसँगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउदै चौथो स्थानमा उक्लिएको छ ।

अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गर्‍यो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक/एक गोल गरे । जितसँगै चेल्सी ३० खेलबाट ६२ अंकसहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भयो भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।

यो पनि…
आइपिएल : कुन टिमको कस्तो प्रदर्शन ?

भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म
आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested