English

गठबन्धन नगर्ने कांग्रेसको निर्णय



नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ । नजिकिँदै गरेको निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकूल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो ।

कांग्रेसले स्थानीय तहमा आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिए ।

आज शनिबार बर्दिबास नगरसमितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र प्रदेशसभा क्षेत्र नम्बर १ (क) कार्यालय बर्दिबासलाइ पठाएको छ ।

नेपाली कांग्रेस बर्दिबास आत्मनिर्भर र उच्च मनोवलका साथ एक्लै प्रतिस्पर्धा गर्ने र अन्य कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्न नसकिने सर्वसम्मत निर्णयमा उल्लेख छ ।

यो पनि…
गठबनन्धबाट बाहिरियो जसपा
स्थानीय निर्वाचन : नेताहरूलाई भ्याइनभ्याई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested