English

टुँडिखेलमा शनिबारदेखि लोकदोहोरी महोत्सव



काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए ।

महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्वीतिय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा गायक–गायिकाहरू पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा अमृत खाती, मिनामैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत रहने छ ।

निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरूको मूल्यांकन हुने आधारका बारेमा जानकारी गराएका थिए । महोत्सवमा उत्कृष्ट गायक–गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ ।

महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरूको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ । टुबोर्गको प्रस्तुति रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ ।

आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने उद्देश्यका महोत्सव आयोजना गरिएको बताउँदै दर्शकलाई प्रवेश निःशुल्क गरिएको जानकारी दिए ।

यो पनि…
युवाले लिए परम्परागत बाजाको प्रशिक्षण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested