English

स्लिम शरीरमा यस्तो ड्रेसअप गर्नुहोस्



फिगर स्लिम भए पनि कतिपयले ड्रेसको छनोट गर्न नजान्दा व्यक्तित्व खुल्दैन । चिटिक्क, राम्रो र हेर्दा वाउ भन्न बनाउन ड्रेसको डिजाइन, कलर लगायतका विषयका बारेमा कतिपयले आफ्ना साथी भाईसंग सल्लाह लिने गरेका हुन्छन् । तर, ड्रेस छनोट गर्ने मामलामा सबैलाई समस्या नै पर्छ ।
चर्चित फेसन डिजाइनर रोजिना श्रेष्ठ स्लिम शरीर भएको भएका महिला र पुरुषले ट्रेण्डी लुक, हेन्डसम, स्मार्ट र गोर्जियस देखिन यसरी ड्रेसअप गर्न सुझाव दिन्छिन् ।

स्लिम फिगर भएका महिलाले यसरी ड्रेस लगाउनोस्ः

-स्लिम फिगर भएकाले स्ट्रेट कुर्ता, चुरिदार, प्यान्ट स्टाइलको कुर्ता वेवास्ता गर्नुपर्छ ।
-क्याजुअलमा फिटिङ जिन्स, फिटिङ ट्राउजर, लेगिन्स लगाउनु हुँदैन । सकेसम्म लुज जिन्स, जकर्स, लुज ट्राउजर लगाउनु पर्छ ।
-पार्टीको लागि लेहेङ्गा माथिदेखि नै भोलुम गरेर बनाउनुपर्छ ।
-नाइट गाऊन बनाउँदा पनि कम्मरबाट नै भोलुम बनाउनुपर्छ ।
-माथिदेखि तलसम्म फिटिङ ड्रेस लगाउनु हुँदैन । यसरी यस्तो ड्रेस लगाउँदा हेल्थी र गोर्जियस देखिन्छ ।

स्लिम बडी भएका पुरुषले यसरी ड्रेस लगाउनोस्ः

-टि–शर्ट लामो स्लिभको लगाउनुपर्छ । लामो स्लिभ टि–शर्ट लगाउँदा हल्का माथि सारेर लगाउँदा राम्रो देखिन्छ ।
-स्लिभलेस टि–शर्ट लगाउनु हुदैन । स्लिभलेस टि–शर्ट लगाउँदा हात पातलो देखिने हुँदा राम्रो देखिदैन ।
-होरिजेन्टल लाइनको टि–शर्ट लगाउनुपर्छ ।
-यु नेक र पोलो टि–शर्ट लगाउनुपर्छ ।
-सकेसम्म लाइट कलरको ड्रेस लगाउनुपर्छ । डार्क कलरले शरीरलाई मिनीमाइज देखाउँछ ।
-टि–शर्टको माथि शर्ट वा शर्टको माथि ब्लेजर लगाउनुपर्छ ।
-पाइन्ट लगाउँदा स्किनी जिन्स लगाउनु हुँदैन । स्लिम फिट पाइन्ट लगाउनुपर्छ । स्लिम फिट पाइन्ट शरीरमा टाँसिएपनि त्यसमा ग्याप हुन्छ, अनि राम्रो देखिन्छ ।
-फर्मल पाइन्ट लगाउँदा चिनोज पाइन्ट लगाउनुपर्छ । चिनोज पाइन्ट भन्नाले धेरै फिटिङ पनि हुँदैन, धेरै लुज पनि हुँदैन । यस्तो पाइन्टमा धेरै स्मार्ट देखिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested