English

स्लिम शरीरमा यस्तो ड्रेसअप गर्नुहोस्



फिगर स्लिम भए पनि कतिपयले ड्रेसको छनोट गर्न नजान्दा व्यक्तित्व खुल्दैन । चिटिक्क, राम्रो र हेर्दा वाउ भन्न बनाउन ड्रेसको डिजाइन, कलर लगायतका विषयका बारेमा कतिपयले आफ्ना साथी भाईसंग सल्लाह लिने गरेका हुन्छन् । तर, ड्रेस छनोट गर्ने मामलामा सबैलाई समस्या नै पर्छ ।
चर्चित फेसन डिजाइनर रोजिना श्रेष्ठ स्लिम शरीर भएको भएका महिला र पुरुषले ट्रेण्डी लुक, हेन्डसम, स्मार्ट र गोर्जियस देखिन यसरी ड्रेसअप गर्न सुझाव दिन्छिन् ।

स्लिम फिगर भएका महिलाले यसरी ड्रेस लगाउनोस्ः

-स्लिम फिगर भएकाले स्ट्रेट कुर्ता, चुरिदार, प्यान्ट स्टाइलको कुर्ता वेवास्ता गर्नुपर्छ ।
-क्याजुअलमा फिटिङ जिन्स, फिटिङ ट्राउजर, लेगिन्स लगाउनु हुँदैन । सकेसम्म लुज जिन्स, जकर्स, लुज ट्राउजर लगाउनु पर्छ ।
-पार्टीको लागि लेहेङ्गा माथिदेखि नै भोलुम गरेर बनाउनुपर्छ ।
-नाइट गाऊन बनाउँदा पनि कम्मरबाट नै भोलुम बनाउनुपर्छ ।
-माथिदेखि तलसम्म फिटिङ ड्रेस लगाउनु हुँदैन । यसरी यस्तो ड्रेस लगाउँदा हेल्थी र गोर्जियस देखिन्छ ।

स्लिम बडी भएका पुरुषले यसरी ड्रेस लगाउनोस्ः

-टि–शर्ट लामो स्लिभको लगाउनुपर्छ । लामो स्लिभ टि–शर्ट लगाउँदा हल्का माथि सारेर लगाउँदा राम्रो देखिन्छ ।
-स्लिभलेस टि–शर्ट लगाउनु हुदैन । स्लिभलेस टि–शर्ट लगाउँदा हात पातलो देखिने हुँदा राम्रो देखिदैन ।
-होरिजेन्टल लाइनको टि–शर्ट लगाउनुपर्छ ।
-यु नेक र पोलो टि–शर्ट लगाउनुपर्छ ।
-सकेसम्म लाइट कलरको ड्रेस लगाउनुपर्छ । डार्क कलरले शरीरलाई मिनीमाइज देखाउँछ ।
-टि–शर्टको माथि शर्ट वा शर्टको माथि ब्लेजर लगाउनुपर्छ ।
-पाइन्ट लगाउँदा स्किनी जिन्स लगाउनु हुँदैन । स्लिम फिट पाइन्ट लगाउनुपर्छ । स्लिम फिट पाइन्ट शरीरमा टाँसिएपनि त्यसमा ग्याप हुन्छ, अनि राम्रो देखिन्छ ।
-फर्मल पाइन्ट लगाउँदा चिनोज पाइन्ट लगाउनुपर्छ । चिनोज पाइन्ट भन्नाले धेरै फिटिङ पनि हुँदैन, धेरै लुज पनि हुँदैन । यस्तो पाइन्टमा धेरै स्मार्ट देखिन्छ ।



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Popular
Suggested