English

खुला टेबलटेनिस : एभीएमलाई दोहोरो स्वर्ण



आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज-गर्ल्स दुवैमा एभीएम पहिलो भयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित गर्‍यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेस्रो भए ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि.को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गर्ल्सको उपाधि भिडन्तमा एभीएमले प्रभातलाई ३–० ले नै हरायो । सिर्जना ज्ञान सागर र प्रोक्सिमाले तेस्रो स्थानमा चित्त बुझाए ।

फरक क्षमता भएकातर्फ पुरुष बहिरा सिंगल्समा सुशान्त लामाले स्वर्ण, अनिल हमालले रजत तथा सुशिल गुरुङ र दावा शेर्पाले कांस्य जिते ।

प्रतियोगिताअन्तर्गत पुरुष–महिला खुला सिंगल्सको लिग चरणका खेलहरू सुरु भएका छन् । त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका खेलहरू पनि प्रारम्भ भएका छन् ।


यो पनि…
लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested