English

के तपाई स्लिम देखिन चाहनु हुन्छ ? यस्तो ड्रेस लगाउनुस्



चिटिक्क देखिन कसलाई मन नपर्दो हो ! आफ्नो व्यक्तित्व आकर्षित देखाउन मान्छेले अनेक उपाय अपनाउँछन् । राम्रो ड्रेसअपले मान्छेको व्यक्तित्व झल्काउँछ । आत्मबल बढाउँछ ।

ड्रेसको डिजाइन, कलर लगायतका विषयमा कतिपयले आफ्ना साथीभाइहरूसँग सल्लाह लिने गरेका हुन्छन् । तर ड्रेस छनोट गर्ने मामलामा अधिकांशलाई समस्या परेको देखिन्छ । चर्चित फेसन डिजाइनर रोजिना श्रेष्ठले शरीर मोटोपन भएका महिला र पुरुषका लागि यस्तो पहिरन सुझाएकी छन्।

मोटोपन भएका महिलाले यसरी ड्रेस लगाउनुस् ।

–कुनै पनि ड्रेस लगाउँदा सकेसम्म स्लिपलेस नलगाउने ।
–कुर्ता लगाउँदा कुर्ता छोटो नलगाउने । छोटो कुर्तामा मोटोपन देखिन्छ ।
–सकेसम्म डार्क कलर प्रयोग गर्ने । त्यो पनि धेरै ठूलो बुट्टा भएको नलगाउने ।
–नाइट पार्टीमा सारी, गाऊन र लेहङ्गा लगाउँदा सकेसम्म डार्क कलर छान्ने ।
–सकेसम्म सादा कपडामा हल्का वर्क गराउने । वोर्कर राख्दा पनि अलि सानो इन्च राखेर ड्रेस बनाउनु पर्दछ ।
–कपडामा जर्जेट/सिफन/सफ्ट नेट क्रेपहरूमा ड्रेस बनाउनुपर्छ ।
–नाइट पार्टीमा जाँदा सकेसम्म धेरै कलरफुल ड्रेस नलगाउने । सकेसम्म माथिदेखि तलसम्म एउटै कलर प्रयोग गर्नुपर्दछ ।
–क्याजुअल ड्रेस लगाउँदा होस् या पार्टी ड्रेस धेरै फिटिङ पनि नलगाउने अनि धेरै लुज पनि लगाउनु हँुदैन । शरीरलाई ठिक्का हुने ड्रेस लगाउनु पर्छ ।

मोटोपन भएका पुरुषले यसरी ड्रेस लगाउनुस् ।

–टि–शर्ट किन्दा ओभर साइज पनि नलिने, धेरै फिटिङ पनि नलिने ।
–डार्क कलरको शर्ट, टि–शर्ट र पाइन्टहरू प्रयोग गर्ने ।
–नेक एरिया पुरै कभर गर्ने टि–शर्ट नलगाउने ।
–टि–शर्ट भित्र, शर्ट माथि लगाउने ।
–फर्मल पार्टीमा जानु छ भने टि–शर्ट या शर्टको माथि ब्लेजर लगाउने ।
–ठूल्ठूलो चेक भएको ठूलो–ठूलो प्यर्टन भएको शर्ट वा टि–शर्ट नलगाउने ।
–धेरै फिटिङ पाइन्ट वा ट्राउजर पनि नलगाउने । धेरै फिटिङ्ले दुब्लो देखाउँछ भन्ने भ्रम हो । ठिक्क लुज फिटिङ लगाउने ।



...
Rudolf

psychologist

...
Desiree

psychologist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested