English

ओरालो लागेको अर्थतन्त्रप्रति सरकारको चासो

अर्थतन्त्र सुधारका लागि के छ तयारी ?


देशको अर्थतन्त्र ओरालो लागेको विषयले सत्तारूढ राजनीतिक दलभित्र प्रवेश पाएको छ। मुलुकको अर्थतन्त्रका परिसूचकहरू नकारात्मक र कमजोर हुँदै गएकोप्रति अर्थविद्ले चिन्ता व्यक्त गर्न थालेपछि मंगलबारको गठबन्धनको बैठकमा छलफल भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागिता रहेको बैठकले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग छलफल गर्ने निर्णय भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।

पछिल्लो समयमा देखिएको अर्थतन्त्रको सुधारका लागि अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग छलफल गर्ने निर्णय छ।

उनले भने, ‘पछिल्लो समयमा देखिएको अर्थतन्त्रको सुधारका लागि अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग छलफल गर्ने निर्णय छ।’

अन्तर्क्रिया, छलफलबाट प्राप्त हुने सुझावको आधारमा सरकारले ठोस कदम चाल्ने निर्णय भएको छ।’ अर्थतन्त्रमा समस्या देखिएको विषय उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारका लागि छलफल गरेर अगाडि बढ्ने जवाफ दिएका छन् ।

सरकारले चैत २० गतेसम्म पुँजीगत अर्थात् विकास खर्च २४.९१ प्रतिशत मात्रै गरेको छ। ७५ प्रतिशत विकास बजेट खर्च हुन सकेको छैन। तर, काम सम्पन्न भएका आयोजनाको भुक्तानी हुन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत १ हजार ५ सयभन्दा बढी बहुवर्षीय योजना छन्। यीमध्ये सडक, पुलजस्ता पूर्वाधार निर्माण सकिएको महिना कट्दा पनि भुक्तानी नपाएकाबारे प्रदेश, स्थानीय सरकारदेखि मन्त्रालयसम्म धेरै गुनासो आएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पुँजीगत खर्च समीक्षा अवधिमा गत वर्षभन्दा कम हो । गत वर्ष चैत २० गतेसम्म २६.३८ प्रतिशत पुँजीगत खर्च भएको थियो । प्रदेश र स्थानीय तहबाट विनियोजन भएका परियोजनाको भुक्तानीमा पनि समस्या देखिएको छ।

अत्यावश्यक वस्तुमा संकट ल्याउन सक्ने संकेत

विदेशी विनियम सञ्चिति घटेको छ। आयात बढेको छ। शोधान्तर घाटा चुलिएको र मूल्यवृद्धि अकासिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। विदेशी मुद्रा घट्दै गए अत्यावश्यक वस्तु आयातमा संकट ल्याउन सक्ने संकेत देखिएको छ।

हाल देखिएको तरलता संकट र बैंकिङ क्षेत्रमा बढ्दो जोखिमले वित्तीय क्षेत्र संकटपूर्ण स्थितिबाट गुज्रिरहेको छ। विगत केही वर्षदेखि बेलाबेलामा कहिले तरलता संकट र कहिले उच्च तरलता हुने गरेको थियो।

कतिपयले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने चर्चा हुन थालेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन्।

प्रमुख प्रतिपक्षी दलको चिन्ता

पछिल्लो समय अर्थतन्त्र ओरालो लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चिन्ता प्रकट गरेको छ। देउवा नेतृत्वको सरकार बनेपछि मुलुकको अर्थतन्त्र टाट पल्टिन लागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा नै बताउँदै आएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति विभागले व्यवसायीसँग छलफलमा उनले सरकारले अर्थतन्त्र निराशाजनक र डरलाग्दो अवस्थामा पुर्‍याएको दाबी समेत गरेका थिए।

यो पनि…
विश्व अर्थतन्त्रको उतार–चढावले सुन बजारमा असर
चिनियाँ अर्थतन्त्र ‘गैरबजार’ रहेको अमेरिकी आरोपबारे चीनको खण्डन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले