English

सुजुकीले ल्यायो ‘ह्याप्पी न्यु कार’ योजना



नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन ‘सीजी मोटोकर्प’ले नयाँ वर्षको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार’ (happy new car) सार्वजनिक गरेको छ ।

कम्पनीको यस योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बिमा तथा स्क्य्राच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने जनाइएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरूमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरूका कारअनुसार फरक–फरक हिसाबका छुटहरूको यस योजना सीमित अवधिका लागि जारी लागू हुने पनि कम्पनीले बताएको छ ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस्, स्विफ्ट्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू बिक्री वितरण गर्दै आएको छ ।

यो पनि
३५ प्रकारका विशेष ल्याब परीक्षण सुविधा थपिए
सबैभन्दा फास्टर चार्जर ‘अल्ट्राडार्ट चार्जिङ’ लन्च




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित