सबैभन्दा फास्टर चार्जर ‘अल्ट्राडार्ट चार्जिङ’ लन्च



रियलमीले मोबाइल वर्लड कांग्रेस २०२२ मा रियलमी १५० बाट अल्ट्राडार्ट चार्जिङ प्रविधि प्रस्तुत गरेको छ । रियलमीले यस उत्सवमा रियलमी जीटी २ प्रस्तुत गरेको छ । यो उत्सवमा रियलमीले रियलमी जीटी नियो ३ को लन्चिङको घोषणा गरेको छ ।

१५० वाटको चार्जिङलाई लिएर रियलमीले ५ मिनेटमै फोनको ब्याट्री ५० प्रतिशतसम्म चार्ज हुने दाबी गरेको छ । यो चार्जरमा तीन प्रविधिको प्रयोग भएको छ, जसमा मल्टी बुस्टर चार्जिङपम्प, ट्रेम्परेचर म्यानेजमेन्ट एल्गोरिद्यम र नयाँ लिथियम ब्याट्री समावेश छन् ।

आफ्नो यो चार्जरलाई लिएर रियलमीले ब्याट्रीको तापक्रमलाई ४३ डिग्रीभन्दा कम राख्दै केवल ५ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने दाबी गरेको छ । रियलमीको यो अल्ट्राडार्टको चार्जिङलाई लिएर १०० देखि २०० बाट चार्जिङ पावरलाई सपोर्ट गर्ने विश्वकै पहिलो यस किसिमको चार्जिङ प्रविधि भएको दाबी गरिएको छ ।​

रियलमीले आफ्नो यस चार्जिङ प्रविधिको नमुना एमडब्लूसी २०२२ मा प्रदर्शन गरेको थियो ।

रियलमीको यो प्रतिस्पर्धा शाओमी ११ आई हाइपर चार्ज फाइभ–जीसँग हुनेछ । जसको साथमा १२० वाटको तीव्र चार्जिङको सपोर्ट हुने छ । शाओमीका यो चार्जरबाट केवल १७ मिनेटमा ब्याट्री फुल हुने दाबी गरिएको छ ।
यो पनि
अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने
गेटवे पेमेन्टले युपीआई सञ्चालनका लागि एनपीसीआई र मनमसँग गर्यो सम्झौता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् । देवकोटालाई अध्यक्ष

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था

दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’ पछि “नेपाली पात्रो” ले ‘अद्भुत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाली बजारमा नयाँ ब्राण्डको मिनी ईभी ल्याउने भएको छ । विगत केही समयदेखि न्यू इनर्जी