English

चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा



चर्च ब्वाइज युनाइटेड मंगलबार बिहान बाँसवारी युथ क्लबलाई ५–१ अन्तरले पराजित गर्दै सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले ह्याट्रिकसहित चार गोल गर्दा आशिष चौधरीले एक गोल गरे ।

सातौं मिनेटमा साइमनले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लियो । १७औं मिनेटमा विवेक पौडेलको पासमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।

३७औं मिनेटमा साइमनले चर्च ब्वाइजको अग्रता ३–० मा पुर्‍याए । त्यसको चार मिनेटपछि नै साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो बनाए । बाँसबारीका सञ्जिव धिमालले ५८औं मिनेटमा एक गोल फर्काए ।

खेल सकिन नौ‌ मिनेट बाँकी रहँदा साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको ५–१ को विजयी गोल गरे ।

२०७५ सालमा ‘सी’ डिभिजन छनोटबाट ‘सी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइज पहिलो सिजनमै विजेताको हैसियतमा ‘बी’ डिभिजनमा उक्लिएको थियो । ‘बी’ डिभिजनमा उक्लिएको पहिलो वर्ष नै चर्च ब्वाइज एक खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

यसअघि मनाङ मर्स्याङदी , थ्री स्टार र हिमालयन शेर्पाले पनि पहिलो सिजनमै ‘डी’ डिभिजनबाट सी, सी डिभिजनबाट बी र बी डिभिजनबाट शीर्ष डिभिजनको टिकट काटेका थिए ।

शीर्ष स्थानको चर्च ब्वाइजको १२ खेलमा २६ अंक छ । जुन दोस्रो स्थानको रानी पोखरी टिम (आरसीटी) भन्दा आठ अंक बढी हो । तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ ।

आरसीटी र सरस्वती ए डिभिजनमा पुनरागमनको लक्ष्यमा छन् ।

यो पनि…
पीएनजीलाई हराउँदै नेपालले उचाल्यो टी-२० श्रृखंलाको उपाधि
विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested