English

पानीको अभाव झेल्दै विद्यार्थी



विद्यालय नजिकै खियैखिया लागेको धारा । धारामा वर्षौंदेखि पानी आएको देख्नसम्म पाएका छैनन् विद्यार्थीहरूले । तेह्रथुमको छथर गाउँपालिका–५ ओख्रेमा रहेको देउराली आधारभूत विद्यालयमा पानी व्यवस्थापन गर्न नसक्दा वर्षौंदेखि विद्यार्थीहरूले समस्या भोग्दै आएका छन् । विद्यालयमा ४५ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय परिसरमा पानी नहुँदा शौच गर्नसमेत समस्या हुने गरेको विद्यार्थीहरू बताउँछन् । विद्यालयको शौचालयमा पानी नहुँदा घरैमा गएर शौच गर्न पुग्ने गरेको कक्षा १ पढ्दै आएका ईतुङ लिम्बूले बताए । ईतुङ जस्तै कक्षा ५ मा पढ्दै आएकी निसुम लिम्बू पनि घरमै गएर शौच गर्ने गरेको बताउँछिन् ।

विद्यालयमा पानीको व्यवस्थापनका लागि स्थानीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको प्रध्यानाध्यापक सिर्जना योङहाङले बताइन् । उनी भन्छिन्, ‘शौचालय छ । तर पानी नै छैन । शौचालयमा पानीको व्यवस्थापन त परैको कुरा । हाम्रो पहिलो समस्या भनकै खानेपानी हो । खानेपानीसँगै भवनको पनि अभाव छ । भवन नहुँदा जीर्ण भवनमा नै विद्यार्थीलाई पढाउँदै आएका छौँ ।’

विद्यालय परिसरमा पानी नहुँदा शौच गर्नसमेत समस्या हुने गरेको विद्यार्थीहरू बताउँछन् ।

स्थानीय सरकारबाट विद्यालयको समस्या समाधानका लागि पहल गर्दै आएको भए पनि समुदायको ध्यान केन्द्रित नभएको छथर–५ का वडाध्यक्ष पुन्य ढकालले बताए । ‘२५ मिटरको दूरीमा पानीको स्रोत छ । खानेपानीको समस्या नै भन्नुभन्दा पनि व्यवस्थापनको खाँचो छ । हामीले हाम्रो तर्फबाट प्रयास गर्दै आएका छौँ,’ उनले भने ।

नेपाल सरकारले खुला दिशामुक्त गाउँ तथा जिल्ला घोषणा गरे पनि पानीको स्रोत नहुँदा राष्ट्रिय अभियान नाममा मात्र सीमित बन्दै आएको छ । तेह्रथुमलाई पनि २०७२ सालमा घोषणा गरिएको थियो । घोषणा गरेको ६ वर्ष बितीसक्दा पनि अभियानले पूर्ण रूप लिन सकेको छैन ।
यो पनि…
सार्वजनिक यातायातको पर्खाइमा दशकौँ बित्यो

यस्तो पो सामुदायिक विद्यालय !
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने
शिक्षक लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्न मात्र (पाठ्यक्रमसहित)
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested