English

पानीको अभाव झेल्दै विद्यार्थी



विद्यालय नजिकै खियैखिया लागेको धारा । धारामा वर्षौंदेखि पानी आएको देख्नसम्म पाएका छैनन् विद्यार्थीहरूले । तेह्रथुमको छथर गाउँपालिका–५ ओख्रेमा रहेको देउराली आधारभूत विद्यालयमा पानी व्यवस्थापन गर्न नसक्दा वर्षौंदेखि विद्यार्थीहरूले समस्या भोग्दै आएका छन् । विद्यालयमा ४५ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय परिसरमा पानी नहुँदा शौच गर्नसमेत समस्या हुने गरेको विद्यार्थीहरू बताउँछन् । विद्यालयको शौचालयमा पानी नहुँदा घरैमा गएर शौच गर्न पुग्ने गरेको कक्षा १ पढ्दै आएका ईतुङ लिम्बूले बताए । ईतुङ जस्तै कक्षा ५ मा पढ्दै आएकी निसुम लिम्बू पनि घरमै गएर शौच गर्ने गरेको बताउँछिन् ।

विद्यालयमा पानीको व्यवस्थापनका लागि स्थानीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको प्रध्यानाध्यापक सिर्जना योङहाङले बताइन् । उनी भन्छिन्, ‘शौचालय छ । तर पानी नै छैन । शौचालयमा पानीको व्यवस्थापन त परैको कुरा । हाम्रो पहिलो समस्या भनकै खानेपानी हो । खानेपानीसँगै भवनको पनि अभाव छ । भवन नहुँदा जीर्ण भवनमा नै विद्यार्थीलाई पढाउँदै आएका छौँ ।’

विद्यालय परिसरमा पानी नहुँदा शौच गर्नसमेत समस्या हुने गरेको विद्यार्थीहरू बताउँछन् ।

स्थानीय सरकारबाट विद्यालयको समस्या समाधानका लागि पहल गर्दै आएको भए पनि समुदायको ध्यान केन्द्रित नभएको छथर–५ का वडाध्यक्ष पुन्य ढकालले बताए । ‘२५ मिटरको दूरीमा पानीको स्रोत छ । खानेपानीको समस्या नै भन्नुभन्दा पनि व्यवस्थापनको खाँचो छ । हामीले हाम्रो तर्फबाट प्रयास गर्दै आएका छौँ,’ उनले भने ।

नेपाल सरकारले खुला दिशामुक्त गाउँ तथा जिल्ला घोषणा गरे पनि पानीको स्रोत नहुँदा राष्ट्रिय अभियान नाममा मात्र सीमित बन्दै आएको छ । तेह्रथुमलाई पनि २०७२ सालमा घोषणा गरिएको थियो । घोषणा गरेको ६ वर्ष बितीसक्दा पनि अभियानले पूर्ण रूप लिन सकेको छैन ।
यो पनि…
सार्वजनिक यातायातको पर्खाइमा दशकौँ बित्यो

यस्तो पो सामुदायिक विद्यालय !
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने
शिक्षक लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्न मात्र (पाठ्यक्रमसहित)
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested