English

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब



प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल र परिचर) ले संघीय सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक पाएका छैनन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको बुँदा नं २१६ मा इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक १५ हजार दिनुपर्ने स्पष्ट व्यवस्था छ । सो व्यवस्थाअनुसार आठ हजार रूपैयाँ संघीय सरकारले र बाँकी सात हजार स्थानीय तह (पालिका) ले दिनुपर्छ ।

संघीय सरकारले आठ हजार तलब उपलब्ध गराउँदै आएपनि पालिकाहरूले भने अझै दिएका छैनन् । जसकारण इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित छन् । इसीडी शिक्षक र विद्यालय कर्मचारीले संघीय सरकार आफैंले तलब दिनुपर्ने माग पनि राख्दै आएका छन् ।

यसका लागि उनीहरूले पटक-पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटगरी ध्यानाकर्षण गराएका थिए । उनीहरूको सो मागलाई नेपाल शिक्षक महासंघले साथ दिएको छ । महासंघले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटगरी ध्यानाकर्षण गराएको थियो ।

शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमतिको बुँदा नंं.१४ मा आगामी आर्थिक वर्षबाट संघीय सरकारले नै इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिने उल्लेख छ । सो बुँदामा भनिएको छ, ‘आगामी आर्थिक वर्षबाट बालविकास शिक्षक तथा कर्मचारीको तलबभत्ता संघीय सरकारले नै दिने व्यवस्था मिलाउने ।’

ढिलै भएपनि मन्त्रालयको यो निर्णयलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीले स्वागत गरेका छन् । सुनसरीस्थित इनरुवाकी इसीडी शिक्षक सोनु राना मगर भन्छिन्, ‘शिक्षक महासंघको पहलमा मन्त्रालयले गरेको यो निर्णय सुन्न पाउँदा हामी खुसी छौं । तर कार्यान्वयनमा शंका छ ।’

अर्की इसीडी शिक्षक राधा नेपालीले पनि मन्त्रालयको निर्णयलाई स्वागत गरेकी छिन् । ‘मन्त्रालयले ढिलै भएपनि इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गरेको छ । हाम्रो यो माग सम्बोधन गर्न धेरै ढिला भइसकेको थियो । हामी आशावादी छौं । सरकार भएको महसुस गरेका छौं । कार्यान्वयन गरिनुपर्छ ।’

यो पनि
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested