English

नेप्से २५ सय विन्दुभन्दा तल



नेप्से २५ सय मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ । यस दिन सूचक १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा आएर अडिएको छ । १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्राविविधिक विश्लेषकहरुका अनुसार पनि २४८० देखि २५ सय विन्दुकै बीचमा नेप्सेका लागि दह्रो सपोर्ट लेबल रहेको छ । यही विन्दुको बीचबाट नेप्से जतिबेला पनि बाउन्स ब्याक हुन सक्छ । तर यी विन्दुहरुका बीचमा पसिन सपोर्ट लिन नसकेमा भने अझै केही तल झर्ने सम्भावना रहन्छ ।

तथापि, नेप्से अब करेक्सनको करिब–करिब अन्तिम चरणमा आइसकेको विश्लेषकहरुको भनाई रहेको छ । करिब ८ महिना बजार करेक्सन फेजमा गइसकेको छ । यसबीचमा ब्लुचीप कम्पनीहरूको भाउ पनि बेस्सरी घटिसकेको अवस्था छ ।

आधारभूत पक्षहरुलाई हेर्दा पनि अब मूल्यगत आधारमा हेर्दा खासै ठूलो गिरावट आउन सक्ने अवस्था देखिएको छैन । २४८० आसपासकै लेबललाई बटम बनाएर बाउन्स ब्याक भएमा पनि बजारले राम्रै –र्याली ल्याउन सक्ने कतिपयको आँकलन रहेको छ ।

यस दिन २२६ कम्पनीको ३४ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । ६ करोड ३९ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा इनर्जी नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सूर्य लाइफ इन्स्योरेन्स परेका छन् ।

यो पनि
आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ
दोहोरो अंकले घट्यो सेयर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested