English

नेप्से २५ सय विन्दुभन्दा तल



नेप्से २५ सय मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ । यस दिन सूचक १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा आएर अडिएको छ । १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्राविविधिक विश्लेषकहरुका अनुसार पनि २४८० देखि २५ सय विन्दुकै बीचमा नेप्सेका लागि दह्रो सपोर्ट लेबल रहेको छ । यही विन्दुको बीचबाट नेप्से जतिबेला पनि बाउन्स ब्याक हुन सक्छ । तर यी विन्दुहरुका बीचमा पसिन सपोर्ट लिन नसकेमा भने अझै केही तल झर्ने सम्भावना रहन्छ ।

तथापि, नेप्से अब करेक्सनको करिब–करिब अन्तिम चरणमा आइसकेको विश्लेषकहरुको भनाई रहेको छ । करिब ८ महिना बजार करेक्सन फेजमा गइसकेको छ । यसबीचमा ब्लुचीप कम्पनीहरूको भाउ पनि बेस्सरी घटिसकेको अवस्था छ ।

आधारभूत पक्षहरुलाई हेर्दा पनि अब मूल्यगत आधारमा हेर्दा खासै ठूलो गिरावट आउन सक्ने अवस्था देखिएको छैन । २४८० आसपासकै लेबललाई बटम बनाएर बाउन्स ब्याक भएमा पनि बजारले राम्रै –र्याली ल्याउन सक्ने कतिपयको आँकलन रहेको छ ।

यस दिन २२६ कम्पनीको ३४ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । ६ करोड ३९ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा इनर्जी नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सूर्य लाइफ इन्स्योरेन्स परेका छन् ।

यो पनि
आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ
दोहोरो अंकले घट्यो सेयर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको