English

आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कूल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारतबाट नेपालमा ८७ अर्ब ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको सुरुवाती आठ महिनामा ८० अर्ब ६१ करोड ९० लाख ८८ हजार रुपैयाँ बढीको जिडेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको छ ।

अघिल्लो वर्ष जति रकमको डिजेट, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो यस वर्षको सोही अवधिमा जिडेल मात्र उक्त रकम बराबरको नेपाल भित्रिएको देखिन्छ ।

चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालमा सबैभन्दा बढी डिजेल भित्रिएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट नेपाल भित्रिएको छ ।

सोही समयमा भारतबाट ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्ष सुरु भएपछि फागुन मसान्तसम्म नेपालले भारतबाट ३९ अर्ब ८५ करोड ६९ लाख ०५ हजार रुपैयाँको पट्रोल खरिद गरी ल्याएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जति रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालमा भित्रिएको थियो त्योभन्दा बढी रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपाल भित्रिसकेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष एक खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको थियो ।

यो पनि…
फेरि बढेर आयो तेल, पेट्रोल र ग्यासको मूल्य
यसकारण आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested