English

यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउँदै १५५ रुपैयाँ कायम गरेको छ ।

निगमले डिजेल तथा मट्टितेलको मूल्यसमेत प्रतिलिटर ५ रुपैयाँले बढाउँलै १३८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरेको निगमले खाना पकाउने एलपी ग्यासको मूल्य यथावथ नै राखेको बुधबार साँझ विज्ञप्ति निकाल्दै जानकारी गराएको छ ।

बुधबार इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको हो । नेपाल आयल निगमका अनुसार बुधबार आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढेर आएको हो । पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरीद लागत १८३ रुपैयाँ ५७ पैसा पर्ने गरेको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बुधबार डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको हो । डिजलेको खरिद लागत १७० रुपैयाँ १५ पैसा पर्ने निगमले जानकारी दिएको छ । मूल्य बढेर आएसँगै निगमले घाटा बढेको उल्लेख गरेको छ । निगमले बुधबार रातीदेखि लागू हुनेगरी मूल्य बढाएपश्चात निगमको १५ दिनको घाटा ४ अर्ब ६६ करोड पुग्ने प्रक्षेपण गरेको छ ।

यो पनि..
यसकारण आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested