English

यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउँदै १५५ रुपैयाँ कायम गरेको छ ।

निगमले डिजेल तथा मट्टितेलको मूल्यसमेत प्रतिलिटर ५ रुपैयाँले बढाउँलै १३८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरेको निगमले खाना पकाउने एलपी ग्यासको मूल्य यथावथ नै राखेको बुधबार साँझ विज्ञप्ति निकाल्दै जानकारी गराएको छ ।

बुधबार इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको हो । नेपाल आयल निगमका अनुसार बुधबार आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढेर आएको हो । पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरीद लागत १८३ रुपैयाँ ५७ पैसा पर्ने गरेको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बुधबार डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको हो । डिजलेको खरिद लागत १७० रुपैयाँ १५ पैसा पर्ने निगमले जानकारी दिएको छ । मूल्य बढेर आएसँगै निगमले घाटा बढेको उल्लेख गरेको छ । निगमले बुधबार रातीदेखि लागू हुनेगरी मूल्य बढाएपश्चात निगमको १५ दिनको घाटा ४ अर्ब ६६ करोड पुग्ने प्रक्षेपण गरेको छ ।

यो पनि..
यसकारण आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested