English

एघारौँ विन्दवासिनी म्यूजिक अवार्ड क–कसले हात पारे ?

योगेश वैद्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड


एघारौँ रमपम विन्दवासिनी म्यूजिक अवार्ड शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ ।
अवार्ड कार्यक्रममा विभिन्न २७ विधामा मनोनयनमा परेकामध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरियो । अवार्डसँगै केही व्यक्तिलाई सम्मान पनि गरियो । यसै क्रममा अस्वस्थ रहेका सङ्गीतकर्मी योगेश वैद्यलाई आयोजकले उनको निवासमा पुगेर १ लाख नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।

त्यस्तै ५० हजार नगदसहित सङ्गीत साधना सम्मान गायिका कुन्ती मोक्तानलाई प्रदान गरिएको थियो । २५ हजार राशीको सङ्गीत रत्न सम्मान माण्डवी त्रिपाठीले प्राप्त गरिन् भने कला पत्रकारिता सम्मान अनन्त वाग्लेलाई प्रदान गरियो ।

त्यस्तै, पब्लिक च्वाईस अवार्ड गायक नरेश खाती, पपुलर अवार्ड नायक पल शाह र नायिका अनु शाह, जूरी अवार्ड गायक रमेशराज भट्टराई र गीतकार बि. पाण्डेले हात पारे ।

को को भए सर्वोत्कृष्ट ?

१) सर्वोत्कृष्ट गीतः गीतकार ध्रुबप्रसाद अम्गाई, माया हे माया
२) सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (पुरुष): अजर जंगम, अस्तायौ किन तिमी ?
३) सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला): पूर्णिमा तामाङ लामा, मुटु जली खरानी भो
४) सर्वोत्कृष्ट सङ्गीत (सुगम सङ्गीत): बिबि अनुरागी, म एकदिन झरीमा ।
५) सर्वोत्कृष्ट रचना (सुगम सङ्गीत): मोहन कुमार खत्री, पत्थरको जस्तो मुटु
६) सर्वोत्कृष्ट एरेञ्जर (सङ्गीत संयोजन): उदय राज पौडेल, जिन्दगीको के छ र भर
७) सर्वोत्कृष्ट पप गायन (पुरुष): धनकिरण गुरुङ, तिमी र म
८) सर्वोत्कृष्ट पप गायन महिलाः सिर्जना कार्की, फक्रिन नसकेको फुल
९) सर्वोत्कृष्ट युगल गायनः रामचन्द्र काफ्ले र जुनु रिजाल, वन चौरी
१०) सर्वोत्कृष्ट लोकदोहोरी गायकः शिरिष देवकोटा, बोलीदेउ आधार
११) सर्वोत्कृष्ट लोकदोहोरी गायिकाः सरिता कार्की, निष्ठुरे
१२) सर्वोत्कृष्ट लोकदोहोरी भाकाः प्रकाश सपुत, फुटेका चुरा
१३) सर्वोत्कृष्ट लोकदोहोरी रचनाः नवराज पन्त मन्जरी
१४) सर्वोत्कृष्ट लोकदोहोरी गीतः करण न्यौपाने, वनपालेको लौरी
१५) सर्वोत्कृष्ट मोडल पप तथा आधुनिक भिडियोतर्फः दुर्गेश थापा र प्राची लामा, तिमी यति राम्री
१६) सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीतः तेजेन्द्र काफ्ले, देश नदुखोस्
१७) सर्वोत्कृष्ट म्यूजिक भिडियोः निर्देशक लोकदोहोरी, काजिश श्रेष्ठ, लाईदिउँ कि मोहनी
१८) सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (सुगम सङ्गीत)ः देवेन्द्र पाण्डे, डिजिटल फोटो
१९) सर्वोत्कृष्ट महिला गीतकार (सुगम सङ्गीत)ः विनिता उप्रेती खनाल, हिउँद लाग्यो
२०) सर्वोत्कृष्ट छायाङ्कार (क्यामेरा पर्सन) म्यूजिक भिडियोः राजेश घिमिरे, बनमा तरुल
२१) सर्वोत्कृष्ट सम्पादक, म्यूजिक भिडियो, विनोद बम, तिमी जुन बन्यौ
२२) सर्वोत्कृष्ट नवप्रतिभा लोक तथा दोहोरीतर्फः समिक्षा अधिकारी, माया मारेर
२३) सर्वोत्कृष्ट नवप्रतिभा पप तथा आधनिकतर्फः देवेन्द्र बब्लु,म हाँसे हाँस्छ्यौ र ?
२४) सर्वोत्कृष्ट मोडल लोक तथा दोहोरीतर्फः आशिर प्रताप जंग र सारिका केसी, किन अन्धो भैन म ?
२५) अन्तर्राष्ट्रिय सङ्गीत सम्मानः सुरज गैरे ‘विवश’, (दुबई), श्रेष्ठ देश ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत