English

लोसपासँग चुनावी गठबन्धन गर्न देउवा तयार



लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् ।

लोसपाले उठाएका मुद्दा सम्बोधनका लागि देउवाले सकारात्मक जवाफ दिएका छन् भने स्थानीय तहमा गठबन्धन गरेर अघि बढ्नेबारे समेत छलफल भएको छ ।

बुधबार लोसपाका नेताहरूले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसक्रममा देउवा लोसपासँग चुनावी गठबन्धन गर्न सकारात्मक भएको नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

‘हामीले हाम्रा माग र मुद्दाका बारेमा प्रधानमन्त्रीलाई स्मरण गरायौं । उहाँले सकारात्म जवाफ दिनु भएको छ,’ नेता भण्डारीले भने, ‘हाम्रो दलसँग गठबन्धन गर्न पनि उहाँ सकारात्मक हुनुहुन्छ ।’

प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किएपछि यसबारे थप छलफल हुने उनले बताए । लोसपासँग पनि गठबन्धन भएमा महागठबन्धन हुने छ । लोसपा र एमालेबीच चुनावी गठबन्धन हुनसक्ने आकलन भइरहँदा प्रधानमन्त्री पनि तालमेलका लागि सकारात्म भएका हुन् ।

यो पनि…
सरकारमा सहभागी र चुनावी तालमेलबारे प्रधानमन्त्रीसँग छलफल गर्दै लोसपा

मनमोहन अधिकारी र भदौ १२ को फैसला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested